
बाँके स्थित बालसुधार गृहमा अझै ९९ जना बालक रहेका छन् । लकडाउन अगाडीसम्म १४० बालक रहेको बालसुधार गृहमा सर्वोच्च अदालतको फुलकोटको निर्णय अनुसार बिभिन्न अदालतको आदेश अनुसार आइतवारसम्म ४१ जना बालकहरु छुटेकोे बाल सुधार गृहकी प्रमुख बिमला काउचा मगरले जानकारी दिइन ।
भिडभाडमा कोरोना संक्रमण बढ्ने भन्दै बालसुधार गृह र कारागारमा रहेका १ बर्ष कैदसम्म कैद भुक्तान गर्नु पर्ने थुनुवालाई प्रक्रिया पु¥याएर छाड्ने भनी सर्वोच्च अदालतको फुलकोट बैठकबाट निर्णय भएकाले सो बमोजिम सिमित बालकहरु छुटे पनि बालसुधार गृहमा अझै ९९ बालक छन् ।
कोरोना संक्रमण फैलिन सक्ने कुरालाई मध्यनजर राख्दै बालसुधार गृहमा रहेका बालकहरु छट्ने क्रम बढेको अधिवक्ता वसन्त गौतमले बताए ।
रिहा भएका ४१ मध्ये ३९ जना अदालतको आदेशले र २ जनाले कैद अवधी पुरा गरि छुटेको गौतमले जानकारी दिए ।
नोभेल कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट सृजना हुन सक्ने महामारीको अवस्थाबाट वच्न पूर्वतयारी स्वरुप अपनाउनुपर्ने सावधानीका सम्वन्धमा सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) को मिति २०७६÷१२÷०७ को निर्णयको निर्णय नं.५ मा नेपालका महान्यायाधिवक्ताको कार्यालय तथा बालसुधबाार गृहको अनुरोध र महामारीको यस विपद्जन्य परिस्थितिमा बालसुधार गृहमा रहेको अत्यधिक भिडभाड कम गर्न र बालबालिकाहरुमा रोग संक्रमणको जोखिम न्यूनीकरण गरी बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न अत्यावश्यक देखिएकोले दिशान्तर लगायत थुनाको विकल्प सम्वन्धी विद्यमान कानूनी व्यवस्थाको कार्यान्वयन गर्ने भनी जिल्ला भरका अदालतमा पत्राचार गरेको थियो ।








