बाँकेबाट पठाएका २३ जनाको रिपोर्ट नेगेटिभ

कोरोना जाँचका लागि बाँकेबाट पठाइएको २३ जनाको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख तथा कोरोना संक्रमण रोगविरुद्धको अभियानको स्वास्थ्यकर्मीहरुको नेतृत्व गरिरहेका डा. प्रकाश थापाले दिएको जानकारी अनुसार राष्ट्रिय प्रयोगशालामा कोरोना जाँचका लागि पठाइएको जाँच सबैको नेगेटिभ आएको जानकारी दिए । उनका अनुसार फ्रान्सबाट युवतीसंगै आएका ४ जना तथा अन्य आशंकितहरुको जाँचका लागि पठाइएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको हो ।

यसैवीच लगडाउनको आज सातौं दिन बाँकेमा कडाईका साथ लकडाउनको परिपालना गराइएको छ । अत्यावश्यकका लागि पास कार्ड प्रयोगमा ल्याइएको छ । जिल्ला भर विभिन्न स्थानीय तहले स्थापना गरेका क्वारेनटाइनमा १४५ जनालाई राखिएको छ । उनीहरु तेस्रो मुलक तथा भारतबाट आएका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया