बालसुधार गृहम अझै ११४ जना बालक
बाँके स्थित बालसुधार गृहमा अझै ११४ जना बालक रहेका छन् । जम्मा १३९ बालक रहेको बालसुधार गृहमा सर्वोच्च अदालतको फुलकोटको निर्णय अनुसार बिभिन्न अदालतकोआदेश अनुसार आईतवारसम्म २५ जना बालकहरु छुटेकोे बाल सुधार गृहकी प्रमुख बिमला काउचा मगरले जानकारी दिईन । छुटेका मध्ये बाँके जिल्ला अदालतको आदेशले रिहा भएका ६ बालक छन् ।
भिडभाडमा कोरोना संक्रमण बढ्ने भन्दै बालसुधार गृह र कारागारमा रहेका १ बर्ष कैदसम्म कैद भुत्तान गर्नु पर्ने थुनुवालाई प्रक्रिया पु¥याएर छाड्ने भनी सर्वोच्च अदालतको फुलकोट बैठकबाट निर्णय भएकाले सो बमोजिम सिमित बालकहरु छुटे पनि बालसुधार गृहमा अझै ११४ बालक छन् । कोरोना संक्रमण फैलिन सक्ने कुरालाई मध्यनजर राख्दै सिघ्र बालक छुटाउने प्रक्रिया अगाडी बढाउनु पर्र्नेे सुधार गृह प्रमुख काउचाले बताईन । रोग संक्रमण फैलिनु अघि नै सुधार गृहमा बालक छाड्ने प्रक्रिया अगाडी बढाउनु पर्नेमा उनको जोड थियो । बाल सुधार गृहमा मात्रै होईन बाँके स्थित प्रहरी हिरासतह र कारागारमा पनि थुनुवाको उच्च चाप रहेको अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।
नोभेल कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट सृजना हुन सक्ने महामारीको अवस्थाबाट वच्न पूर्वतयारी स्वरुप अपनाउनुपर्ने सावधानीका सम्वन्धमा सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) को मिति २०७६÷१२÷०७ को निर्णयको निर्णय नं.५ मा नेपालका महान्यायाधिवक्ताको कार्यालय तथा बालसुधबाार गृहको अनुरोध र महामारीको यस विपद्जन्य परिस्थितिमा बालसुधार गृहमा रहेको अत्यधिक भिडभाड कम गर्न र बालबालिकाहरुमा रोग संक्रमणको जोखिम न्यूनीकरण गरी बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्न अत्यावश्यक देखिएकोले दिशान्तर लगायत थुनाको विकल्प सम्वन्धी विद्यमान कानूनी व्यवस्थाको कार्यान्वयन गर्ने भनी जिल्ला भरका अदालतमा पत्राचार गरेको थियो ।
यसै एक बर्षसम्म कैदको सजाय हुने १६१ (३), बन ऐन र लागु औषध सेवनमा एक बर्ष सम्म कैद हुने फैसला भएका थुनुवालाई छाड्न सकिने सर्वोच्च अदालत फुलकोटको निर्णय अनुसार बााँके कारगारबाट ३ जना थुनुवा रिहा भएको बाँके जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जानकारी दिए । बाँके जिल्ला अदालतको आदेशमा बालसुधार गृहमा रहेका ७ छुटेका जानकारी दिदै श्रेस्तेदार शर्माले रिहाईका लागी निवेदन परेका अन्य ब्यक्तिका निवेदन बिचारणिय रहेको जानकारी दिए