मजदूरलाई नेपालगन्जमा राहत दिइँदै

ज्याला मजदुरी गर्ने ब्यक्तिलाई नेपालगन्ज उपमहानगरपालिकाले राहत उपलब्ध गराउने निर्णय गरेको हो

जिल्ला स्तरीय समितिको बैठक: फाइल फोटो

नेपालगन्ज उपमहानगरपालिकाले दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएका विपन्न परिवारलाई राहत उपलब्ध गराउने भएको छ । आइतबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने ब्यक्तिको वडा कार्यालयले तथ्यांक संकलन गरि पहिचान गरेर तत्काल खाद्यान्न सहयोग गर्ने निर्णय गरेको हो । नेपालगन्ज उपमहानगरपालिका कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार, वडा कार्यालयले राहत पाउनेहरुको सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ । लकडाउनका कारण समस्यामा परेका ब्यक्तिलाई राहत उपलब्ध गराउन लागिएको जानकारी दिंदै प्रवक्ता रिजालले त्यसका लागि विपन्न ब्यक्तिहरुलाई चामल, पिठो, दाल, नुन, आलु,तेल र साबुन उपलब्ध गराइने बताए ।
नगरप्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षमा बसेको बैठकले प्रत्येक वडामा खाद्यान्न पसल संचालन तथा ठेलागाडामा तरकारीको विक्री वितरणको ब्यवस्थापनका लागि वडा कार्यालयलाई जिम्मेवारी दिएको छ । बैठकले भारतबाट आएका ब्यक्तिलाई सम्भव भएसम्म क्वारेन्टाइनमा राख्ने र नभए घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया