कोरोना महामारीबाट धर्म र संस्कारमा समेत आवश्यक परिवर्तन ल्याउनुपर्ने देखिएको छ । होली पर्वबाट शुरु भएको यो परिवर्तन अहिले धार्मिकस्थलमा नजान आव्हान गर्नुपर्ने अवस्थामा आइपुगेको हो ।
धार्मिकरुपमा अति संवेदनशील मानिएको इश्लामिक धर्माबलम्बीको नमाजलाई पनि समूहमा नजान औपचारिक आव्हान गरिएको छ । नेपालगन्जकै सबैभन्दा ठुलो जामा मस्जिदले घरमैं जुमा (शुक्रबार) नमाज पढ्न आग्रह गरेको हो । जामा मस्जिदका महासचिव इरफान सिद्दीकीले जुमाको अघिल्लो दिननै औपचारिक वक्तव्यमार्फम महामारीबाट जोगिनका लागि नेपाल सरकारले एक हप्ता अघि जारी गरेको अपील मान्न ध्यानाकर्षण गराएका हुन् । शुक्रबार नमाज घरहरूमा पढ्नु सरका लाई सहयोग गर्नु, महासचिव सिद्दीकीले वक्तव्यमा भनेका छन् ।
लकडाउनको अवस्थामा आफुहरुले घरमै नियमित नमाज पढ्न थालेको धार्मिक अगुवाहरुले बताएका छन् । स्वाथ्य सबैभन्दा महत्वपूर्ण रहेका ेभन्दै महामारी फैलन नदिन सरकारले मन्दिर, मस्जीद, चर्च लगायतका धार्मिक केन्द्रमा भीडभाड नगर्न आव्हान गरेको छ ।