वडामा माइकिंग, चोक–चोकमा साबुन पानी

भारतसँग खुल्ला सीमाका कारण जोखिममा रहेको नेपालगन्जमा विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाइरसको संक्रमणबाट वडाबासीलाई बचाउन नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले स्वास्थ्य र सरसफाई सचेतना सुरु गरेको छ ।


बिहानैदेखि वडा अध्यक्ष दिपक कुमार वर्माका अनुसार, आज सोमबार वडाका विभिन्न स्थानमा ट्यांकीसहित साबुन पानीले हात धुने ब्यवस्था मिलाइएको छ । वडा अध्यक्ष वर्माको अगुवाईमा सोमबार कारकादौं चोक,सिक्टा अगाडी र भुजईगाउँस्थित बुद्ध चोकमा कोरोना भाइरसबाट जोगिन सचेतनामुलक ब्यानरसहित साबुन पानीले हात धुने ब्यवस्था मिलाइएको हो ।
वडाबासीको बढि जमघट हुने स्थानमा साबुनपानीको ब्यवस्था गरिएको हो । वडा अध्यक्ष वर्माले भिडभाड नगर्न र सेल्फ क्वारेन्टाईमा घरभित्रै बस्न वडाबासीमा आव्हान गरिहेको वडा सदस्य दिग्विजय ढुंगानाले जानकारी दिए । वडाबासीको स्वास्थ्यप्रति जनप्रतिनिधिहरु गम्भीर भएको जानकारी दिंदै उनले वडा कार्यालयबाट कामकाज बन्द भएपनि आफुहरु वडाबासीमाफ स्वास्थ्य र सरसफाईको सन्देशसहित पुगेको बताए ।


वडाभित्रका विपन्न समुदायका लागि सावुन वितरण गरिने र वडाबासीलाई मास्क पनि वितरण गरिने जानकारी दिंदै वडाध्यक्ष बर्माले वडा कार्यालयले स्वास्थ्य सचेतनाका लागि वडामा माईकिङ गर्ने बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया