हुवान, क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइन

राजेश कुमार यादव


हुबेइ प्रान्त चीनमा एमबीबीएस अन्तिम वर्षको विद्यार्थीका रुपमा रहँदै गर्दा चाइनको हुवेइ प्रान्तको हुवान सहरबाट २०१९ को अन्तिमबाट शुरुवात भएको नोबेल कोरोना (कोभिड–१९) भाइरस अहिले विश्वभरी नैै महामारीका रुप लिएकको छ । म प्रत्यक्ष यस महामारीको साक्षी हुन पुुगें । हुवेइ प्रान्तमा महामारीको रुपमा नै शुरुवात भएको यस भाइरसले त्यसको एक दुई दिन मै त्यस प्रान्तका सहरहरुमा पनि टे«न, प्लेन वा हवाई उडान सबै र पसलहरु पनि बन्द हुने आदेश भयो । हामी लगायत सबै विदेशी विद्यार्थीलाई कलेज भन्दा बाहिर नजान व्यवस्थापनबाट निर्देशन भयो ।


त्यो समयमा चाइना जस्तै विकसित कोरोना भाइरसले अस्तव्यस्त प्रायः भयो । मानिसहरु पनि आत्तिसकेका थिए । सधै यति नयाँ केश र यति शंकास्पद केश र यति मृत्यु केश सुनेर हामी पनि भित्रभित्रै डरले नर्भस भएका थियौं । चाइना सरकारको लगातार प्रयास कोरोनाको इन्फेक्सन रोक्न जारी थियो । बिरामी हस्पिटलमा राख्ने ठाउँ नभएकाले तत्काल ठूला अस्पताल एक साताभित्र बनाएर बिरामी राख्न सुरुवात भयो । र, त्यही बेला चिनमा माक्स बनाउने उद्योग पनि थपिए । किनकी माक्र्सको सर्टेज भएको अवस्था थियो ।


चाइना सरकारले रोग फैलनबाट रोक्नका लागि एउटा परिवारको तीन दिनमा १ जना मात्र निस्कने आदेश गर्यो । विभिन्न प्रयास गरी हाल रोग नियन्त्रण गरेको अवस्था आएको छ । त्यो चाइनाको लागि र त्यहाँका मानिसहरुको लागि धेरै नै राम्रो भयो । नेपाल सरकारको पहलमा फागुन ४ गते बिहान नेपाल आउँदा ठुलै युद्ध जितेको सिपाही सरह नै अनुभुती भएको थियो । अत्यास लाग्दो चाइनाको बसाई भन्दा आफ्नो भुमीमा सोचेभन्दा नै राम्रो व्यवस्थापन सहितको क्वोरन्टाइन सेवाले हामी १७५ को मन जितेको थियो । चाइनाका विभिन्न प्रान्तमा, विश्वविद्यालयमा अध्ययन गर्ने व्यक्तिहरु उक्त समुहमा थिए । मलाई यो सरकारले गरेको केही राम्रा काम मध्येको सह्रानिय कार्य समेत हो भन्ने लाग्छ । यसका लागि नेपाल सरकार र इश्वर धन्यवादका पात्र पक्कै हुन् ।


अहिले त विभिन्न देशमा फैलिसकेको अवस्था छ । त्यस कारण हामीहरुलाई कोरोना भाइरसबाट बच्नको लागि विभिन्न उपाय अपनाउनु पर्छ ।


कोरोना भाइरस(कोभिड–१९) कसरी सर्छ ?
– नाँकबाट निस्कने सिगानबाट
– फोहोर हातबाट
– राम्ररी नपकाएको माछा, अण्डा, मासु, तरकारी, सागबाट ।
– भाइरसबाट प्रभावित व्यक्तिको सम्पर्क बाट
– जनावरको सम्पर्कबाट
– धेरै चिसो सामानबाट
कोरोना भाइरसका लक्षणहरु के के हुन् ?
– सिगान बग्नु वा रुघाखोकी जस्तो लक्षणहरु
– घाँटी दुख्नु
– पखाला लाग्नु
– बान्ता हुनु
– लगातार टाउको दुख्नु
– लगायतार ज्वरो आउनु
– सास फेर्न गाह्रो हुनु
– शरिर दुख्नु
कोरोना भाइरसबाट बच्ने तरिका
– साबुन पानीले राम्रो सँग हात धुने
– बारम्बार नाक, मुख नछुने
– खाने कुरा राम्रोसँग धोई पखाली, राम्रो सँग पकाएर खाने
– मास्क शंकास्पद व्यक्तिले लगाउनु
– लक्षण भएका व्यक्तिबाट टाढा रहनुपर्छ
– भिडभाडबाट टाढा रहने
– होटेल र रेष्टुरेन्टमा खाना नखानु
– जनावर, चरा, मुसो, बिरालो, कुकुर जन्तुबाट टाढा रहनु
– ट्वाइलेट पछि राम्रो सँग हात सफला गर्ने
– सकभर मन तातो पानी पिउनु पर्छ
– ज्वरो आएमा स्वास्थ्य संस्थामा सम्पर्क गरौं
निदानको तरिका
 पि.सि.आर – घाँटीको क्ध्ब्द्य
 ल्बकयउजबचनभब िक्धबद त्भकत
उपचार विधी
 खास औषधी नभए पनि लक्षणहरुको उपचार
 एन्टी भाइरल ड्रग
 एन्टी फिभर ड्रग
 एन्टी मलेरिया ड्रग हाल
 अन्य लक्षणका उपचार प्रयोगमा ल्याएको छ ।


विश्वका अधिकांश अहिले कोरोनाले आतंकित बनाएको अवस्था छ र विश्वले नै हरेक प्रकारका उपाय र सावधानीहरु अपनाइरहेका छन् । जुन मध्ये सेल्फ क्वारेन्टाइन राम्रो मानिन्छ । अहिले इटालीले आफ्ना ६ करोड भन्दा बढी नागरिकलाई सेल्फक्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । इटाली सहित अष्ट्रेलिया र दक्षिण कोरियाले सेल्फ क्वारेन्टाइनको निर्देशन पालन नगर्नेलाई दण्ड गर्ने कानून बनाएको छ । हाम्रो देशमा भने समूहमा भेला भएर गरिने क्रियाकलापलाई निषेध गर्न अनुरोध मात्र गरिएको थियो र आजबाट बल्ल सावधानीपूर्वक सिनेमा हल, विद्यालय लगायत बन्द गर्ने निर्णय गरेको छ । तर मुख्य कुरा यसबारे राज्य संयन्त्र भन्दा पनि यस्तो वेला हामी आफै ंसचेत भए संक्रमणको जोखिम कम गर्न सकिन्छ ।


संक्रमणको शङ्का भएको तर, स्वस्थ व्यक्तिले स्वयंलाई अन्य व्यक्तिबाट अलग राखेर संक्रमण फैलिने सम्भावना न्यूनीकरण र रोगको सहज पहिचान गर्ने व्यक्तिगत पहल नै सेल्फक्वारेन्टाइन हो । त्यस्ता व्यक्ति आफ्नै घरभित्र वा निश्चित कोठामा, तोकिएको समयसीमा (कोभिड–१९ को शङ्कामा १४दिन) अलग्गै बस्नुपर्छ ।


पछिल्लो समय प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिलाई आफू सेल्फ क्वारेन्टाइनमा बसेको जानकारी गराउनुपर्छ । यसका लागि सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ । क्वारेन्टाइन अवधिमै संक्रमण देखिए त्यसको पनि जानकारी गराउनुपर्छ राम्रो हो । त्यस अवधी (१४दिनभित्र) मा पनि ज्वरो आए, सास फेर्न अप्ठ्यारो भए, खोकी वा अन्य श्वासप्रश्वास सम्बन्धी समस्या आए स्वास्थ्य संस्था जानुपर्छ । अस्पताल जाँदा अनिवार्य मास्क लगाउनु पर्छ । आत्तिने भन्दा पनि, कोरोना विरुद्ध पूर्व सतर्कता नै उत्तम हो । कोरोना भाइरसबाट आफु पनि बचौं, अरुलाई पनि बचाऊ । हाल नेपालगन्ज [email protected]

प्रतिक्रिया

प्रतिक्रिया