कोरोना यूपिले गर्यो महामारी घोषणा, शैक्षिक संस्था बन्द

छिमेकी मुलुक भारतको उत्तरप्रदेश सरकारले शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । उत्तर प्रदेश सरकारले कोरोना भाइरस विरुद्ध सतर्कता अपनाउँदै २२ मार्च सम्मका लागि शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । महामारी घोषणा गरेको उत्तरप्रदेश सरकारले परीक्षा चलिरहेका विद्यालय बाहेकमा उक्त निर्देशन पालना गराइने उत्तरप्रदेश सरकारले जानकारी दिएको छ । भारतको १३ राज्यमा कोरोना संक्रमितको संख्या ८१ पुगिसकेको छ । भारतका विभिन्न राज्यले मानिसहरु भेला हुने खालका कार्यक्रमहरुमा रोक लगाइसकेका छन् ।


विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ । यसबाट ४ हजार ९८४ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।


चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस सक्रमणबाट चीनमा सब भन्दा बढी मृतक र सङ्क्रमितको संख्या रहेको छ । यद्यपी चीनमा हाल यस भाइरसको सङ्क्रमण कम भएको समाचारमा जनाइएको छ । गत डिसेम्बरको अन्त्यबाट शुरु भएको यस भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार १२७ मृत्यु भएको छ भने ८१ हजारमा सङ्क्रमण भएको छ ।


रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । हालसमम १२० भन्दा बढी देशमा यस भाइरसको सङ्क्रमण फैलिएको बताइएको छ । अमेरिकामा यस भाइरसको सङ्क्रमणबाट ४१ को मृत्यु भएको छ । फ्रान्समा ६१ को मृत्यु भएको छ । जापानमा १९ को मृत्यु भएको छ । पछिल्लो समय सङ्क्रमण धेरै फैलिएको इटालीमा सङ्क्रमितको संख्या १५ हजार ११३ पुगेको छ । इटालीमा हालसम्म १ हजार १६ जनाको मृत्यु भएको छ ।
इरानमा सङ्क्रमितको संख्या १० हजार ७५ पुगेको छ । हालसम्म ४२९ जनाको मृत्यु भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् । यसैगरी स्पेनमा सङ्क्रमित हुनेको संख्या झण्डै तीन हजार पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ ।


पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल सङ्क्रमितको संख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् ।


पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको संख्या २१ पुगेको छ । कूल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजारजनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ । सिङ्गापुर र मलेसियामा बिहीबार थप नौ/नौै व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट विरामी हुनेको संख्या क्रमशः १८७ र १५८ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन् ।

आत्तिनु पर्दैन

प्रतिक्रिया

प्रतिक्रिया