यस्तो बन्दैछ,लुम्बिनी प्रादेशिक अस्पताल

समृद्ध प्रदेश खुशी प्रदेशवासीको अभियानका साथ अघि बढेको प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने भएको छ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेर बहादुर केसीका अनुसार, मुख्य भवन १० तला, १२ सय शैयाको विशेषज्ञ सेवा उपलब्ध गरिनेछ। अस्पताल भवनकै छतमा हेलिप्याडसहित अत्याधुनिक भवन र अत्याधुनिक सुविधा सहितको अस्पताल आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अस्पताल भवनको डिजाइन नक्शा माननीय मुख्यमन्त्री सहित मन्त्रीहरु,लुम्विनी प्रादेशिक अस्पतालको नेतृत्व र सरोकारवालासंग प्रस्तुत भएको छ ।

गुरुयोजना अनुसार अस्पतालकोलागत ६ अर्बको हुनेछ। भवनको माथि हेलिप्याड समेत रहनेछ। हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्ने मुख्यमन्त्रीका प्रेस सल्लाहकार केसीले जानकारी दिए।

प्रतिक्रिया

प्रतिक्रिया