बाँके बर्दियाका उपभोक्तालाई नेपालगन्ज आउन निम्तो दिएको भाटभटेनीले आगामी फागुन १६ गतेदेखि १५० करोड लागतको भव्य सुरपरमार्केट औपचारिक शुभारम्भ गर्न लागेको हो
एउटा औपचारिक कार्यक्रममा कति व्यक्तिलाई प्रत्यक्ष निम्तो दिन सकिन्छ ? पश्चिम नेपालकै मूख्य व्यापारिक केन्द्र नेपालगन्जमा सञ्चालनमा आउन लागेको नेपालकै ठूलो चेन सुपर मार्केट भाटभटेनी सुपर मार्केटको शुभारम्भमा हजारौंलाई निम्तो दिइएको छ ।
‘९० जना कर्मचारी एक महिनादखि घरघरै पुगेर निमन्त्रणा वितरण गरिरहनु भएको छ, भाटभटेनीका नेपालगन्जस्थित व्यवस्थापक विनोद भट्टराईले ९५ प्रतिशत निर्माणकार्य सकिएको जानकारी दिंदै भने, ‘सन् १९८४ देखि काठमाडौंको एउटा सामान्य पसलबाट सुुरु भएको भाटभटेनीको यात्रा देशव्यापी हुने अभियान अन्तर्गत १८ औं स्टोरका रुपमा बाँकेको नेपालगन्जमा सञ्चालनमा आउन लागेको अवसरलाई भव्यता दिन लागिएको छ ।’ भाटभटेनीले आगामी फाल्गुन १६ गते नेपालगन्जको सुर्खेत रोड, कारकाँदोमा १८ औं शाखाको शुभारम्भ गर्न लागिएको निम्तो बाँके बर्दियाका लक्षित सबैमा पु¥याएको हो ।
झण्डै १५० करोड लगानीमा निर्माणाधिन नेपालगन्जस्थित सुपरमार्केट प्रदेश ५ मंै सञ्चालनमा आएका बुटवल र भैरहवा स्थित स्टोर भन्दा ठूलो हो । व्यवस्थापक विनोद भट्टराईका अनुसार, प्रदेश ५ मा नेपालगन्ज सहित भाटभटेनीका तीन वटा स्टोर सञ्चालनमा आउनेछन् । यसअघि रुपन्देही र भैरहवामा भाटभटेनीले आफ्नो सुपरमार्केट सञ्चालनमा ल्याइसकेको छ ।
भाटभटेनीका व्यवस्थापक भट्टराईका अनुसार, स्टोरमा सिमापारि रुपैडिहा भन्दा निकै सहुलियतमा खाद्यान्न, कस्मेटिक, लत्ताकपडा, इलेक्ट्रोनिक, फर्निचरदेखि सम्पूर्ण घरायसी सामाग्रीहरु उपलब्ध गराउने योजना छ । ‘अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल, फूडकोर्ट लगायतका सेवाहरु समेत उपलब्ध गराइँदैछ,’ व्यवस्थापक भट्टराइले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि सुरक्षाकर्मी सहित ४ सय बढी कर्मचारी परिचालित हुनेछन् ।’
भाटभटेनीले पर्यटकीय गतिविधिलाई थप बल पु¥याउने विश्वास गरिएको छ । देशभर ५० भन्दा बढी स्टोर स्थापना गर्ने र ५० हजारलाई रोजगार दिने अभियानका साथ अगाडि बढेको स्टोरको नेपालगन्ज शाखामा करिब ४ सय बढी कर्मचारी रहने व्यवस्था मिलाइएको छ । ‘नेपालगन्जमा भारतीय ग्राहकहरुको समेत आगमन बढ्ने विश्वास गरेका छौं,’ व्यवस्थापक भट्टराई भन्छन् ।
‘यहाँको आन्तरिक तथा बाह्य पर्यटनमा समेत राम्रो टेवा पुग्ने हाम्रो विश्वास हो,’ भट्टराईले नेपालगन्जबासीको अन्तर्राष्ट्रिय स्तरको सपिङ गर्ने चाहनालाई घरआँगनमैं पुरा गर्न लागिएको तर्क गर्दै भने, ‘त्यसैले शुभारम्भको पहिलो तीन दिनका लागि बाँके बर्दियाका घरदैलोमैं पुगेर औपचारिक निम्तो दिएका हौं ।’