१ सय १ बर्षमा सन्त कुमारी शाक्यको स्वर्गारोहण
लायन्सका पूर्व गभर्ननर, वरिष्ठ स्वास्थ्यकर्मी शेम शाक्यलाई मातृशोक परेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का पूर्व गर्भनर शाक्यकी आमा सन्तकुमारी शाक्यको १ सय १ बर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो ।
गतबर्ष शताब्दीऔं जन्मोत्सव मनाएकी शाक्य गत साता वेहोस भई लडेपछि अस्वस्थ रहँदै आउनुभएको पारिवारिक स्रोतले जनाएको छ । ‘आज विहान नातिको विवाहलाई जिज्ञासा राख्नुभयो’, शाक्यले आमाको स्वर्गारोहण बारे जानकारी दिंदै भने, ‘दिउँसो साढे ३ बजेतिर अप्ठ्यारो अवस्थामा देखेपछि चिकित्सक बोलाएर चेकजाँच गर्दा उहाँ नरहनुभएको जानकारी पाइयो ।’
शाक्यलाई मातृशोक परेको जानकारी पाउन साथ उद्योगी, व्यवसायी र लायन्स क्लब सम्बद्धहरुको जमघट नेपालगन्ज–१८ कारकाँदो स्थित निवासमा बढेको छ । पारिवारिक स्रोतका अनुसार, आइतबार विहान राप्तीको सिधनियाघाटमा दाह संस्कार गरिने भएको छ । दैनिक नेपालगन्ज शाक्य परिवारप्रति समवेदना व्यक्त गर्दछ ।