बढैया तालमा चरा अवलोकनका निम्ती आकर्षक गन्तव्यमा रुपमा लिन सकिन्छ । हिउँदमा असंख्य रुपमा देख्न सकिने विभिन्न प्रजातिका आगन्तुक चरा पाईने यो पोखरी क्षेत्र ७५०० वर्ग मिटर (एक सय नौ बिघा) मा फैलिएको छ ।

केही वर्ष अगाडीसम्म हिउँद समयमा जोडो छल्न यस पोखरी क्षेत्रमा आउने आगन्तुक चराहरु हजारौं संख्यामा आउने गर्दथे । पछिल्लो केही समय देखि भने आगन्तुक चराहरु आउने क्रम क्रमिक रुपमा घट्दै गएको छ भने रैथान चराचुरुगींहरु लोप हुने अवस्था सृजना भइसकेको छ यसको एक मात्र कारण हो स्थानीय जनताको यस प्रति चाँसो नहुनु र सरोकारवाला निकायको पनि यस प्रति ध्यान केन्द्रीत नहुनु हो ।


बढैयाताल क्षेत्रमा सजिलै दैनिक रुपमा देख्ने पाईने चराचुरुगींहरु सारस, लोभीपापी, गरुड प्रजाती, बकुल्ला प्रजाती, चखेवा, ठुलो जलेवा, सानो जलेवा, सुनजुरे हाँस, खडखडे हाँस, हरि हाँस, मरुल, लामा औले सिम कुखुरा, जल अप्सरा, पनडुब्बी हाँस, कुर्मा प्रजाती, माटीकोरी प्रजाती, बगाले सिम कुखुरा आदी सबै खाले चराचुरुगीं प्रशस्त मात्रामा हेर्न पाइन्छ । पोखरी वरिपरि वर्षौ देखि स्थानीयले गरेको माछाको व्यापार बढैयातालको शान भएता पनि पोखरी वरिपरी वृक्षारोपण नहुनु र पिकनिक स्थल, बाजागाजा, होहल्ला, ध्वनी प्रदुषण तथा तालमा डुगाँको व्यवस्थापन भएको हुँदा चराचुरुगींको वसाँईमा कमि आएको हो ।


नेपालमा पाइने चराका ८ सय ८६ प्रजातिमध्ये सबै चरा बर्षभरि नै नेपालमा भेटिंदैनन् । जाडो मौसममा अन्यत्रबाट बसाइँ–सराइ गरी आउने हिउँदे आगन्तुक र गर्मी मौसममा आउने ग्रिष्मकालिन आगन्तुक पाहुना चराहरुको आवत–जावत बर्षभरि चलिरहन्छ । वर्षेनी करिब १ सय ५० प्रजातिका हिउँदे आगन्तुक चरा उत्तरी मुलुकहरु रुस चीन, मङगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गर्छन् । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुदै भारत पाकिस्तान र श्रीलकातिर जाने गर्छन् ।

उत्तरी धु्रवमा हिमपातको सुरुवातसँगै हिउँदो यामको बढ्दो जाडो छल्ल नेपालको तल्लो हिमाली भेग पहाड र तराईका बिभिन्न भुभाग तथा तालतलैया र नदी आपसमा हजारौ पाउना चरा बसाई सरी आउने गर्छन । जाडो छल्न आउने हिउँदे आगन्तुक चराहरुको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छ जुन नेपालका प्रमुख सिमसार क्षेत्र–कोसीटप्पुर, चितवन, घोडाघोडी ताल, शुक्लाफाँटाका ताल क्षेत्र तथा कासी, गण्डकी, नारायणी नदी र त्यस्का साहायक नदीहरुमा मुल रुपमा आप्mनो समय व्यतित गर्दैछन् ।


जाडो सकिदै गर्दा हिउँदे आगन्तुक चराहरु आप्mनो आफनो स्थायी बासस्थान फिरिसकेका हुन्छन् भने दक्षिणी मुलुक र अफ्रिकासम्मबाट हजारौ ग्रिष्मकालिन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आइसकेका हुन्छन् भने यसरी आउने करिब ६० प्रजातिका पाहुना चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भुमि हुने ।

सिमसार क्षेत्रमा आश्रित हिउँदे पाहुना चराहरु पछिल्ला बर्षमा सिमसार क्षेत्रको बिनास उडान मार्गमा हुने अवरोध कृषिमा रासायनिक मलले बढ्दो प्रयोग जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा सिकार तथा व्यापार, बदलिंदो तापमान र मौसम परिवर्तन जस्ता कारणले विस्थापित हुँदैगएका छन् । बसाइँसराई गरि आउने चराहरु लामो दुरिको यात्राले थकित हुने तथा आश्रय स्थल नयाँ स्थान हुने हुँदा प्राकृतिक तथा मानवीय सिकारको अत्याधिक जोखिम हुन्छ । सिमसार क्षेत्र आफैमा बहुआयामिक र जैविक महत्वको क्षेत्र हुँदाहँुदै पनि सबै भन्दा बढी हाँस हुँदैं गएको सम्पदा हो ।

प्रतिक्रिया

प्रतिक्रिया