कोहलपुर : प्रदर्शनकारीलाई घर फर्कन माइकिङ्ग, प्रदर्शनमा घाइतेलाई काठमाडौं लगिदै

बाँकेको कोहलपुरमा प्रदर्शन बढ्दै गएपछि कोहलपुरमा कफ्र्यु लाग्न सक्ने भन्दै प्रदर्शनकारीलाई घर फर्कन माइकिङ्ग गरिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले स्थिति अनियन्त्रित रहेकाले कफ्र्युको लगाउन बाध्यता रहेको बताएका छन् ।


स्थिति नियन्त्रणमा नआएपछि जिल्ला सुरक्षा समितिको बैठकले कफ्र्यु लगाउने निर्णय गर्न सक्ने सम्भावना छ । आज विहान ट्रकको ठक्करबाट त्रिभुवन माविक कक्षा ७ मा पढ्ने एक बालिका गम्भीर घाइते भएकी थिइन् ।


प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप भैरहेको छ । घटनामा डिएसपी सहित एक दर्जन प्रहरी र त्यति नै संख्यामा प्रदर्शनकारी घाइते भएका छन् । दुर्घटनामा विद्यार्थी घाइते भएपछि ठूलो संख्यामा युवा, विद्यार्थीहरु नाराबाजी गर्दै कोहलपुरमा प्रदर्शन गरिरहेको छन् ।
ठक्कर दिने ट्रक जलाइएको छ भने प्रदर्शनका क्रममा सडकमा चलेको यातायात पनि तोडफोड गरिएको छ । इलाका प्रहरी कार्यालय बाहिर समेत प्रदर्शन भएको थियो । इलाका प्रहरी भित्रको क्यान्टिमै पनि आगजनी गरिएको छ ।


प्रदर्शन नियन्त्रणमा दर्जनौं राउण्ड हवाई फायर र अश्रु ग्याँस हानेको छ । प्रहरीको गोली लागी दुई विद्यार्थी गम्भीर घाइते छन् । दुर्घटना र प्रदर्शनमा घाइतेलाई थप उपचारका लागि काठमाडौं हेलिकप्टर मार्फत लग्ने तयारी भैरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया