कोहलपुर : दर्जनौं घाइते, कर्फ्यू लगाउने तयारीमा प्रशासन

बाँकेको कोहलपुरमा भैरहेको प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले
कर्फ्यू  लगाउने तयारी गरेको छ ।


ट्रकको ठक्करबाट एक छात्रा गम्भीर घाइते भएपछि सुरु भएको प्रदर्शन उग्र बन्दै गएको हो । प्रहरी र प्रदर्शनकारी बीच निरन्तर झडप भैरहेका छन् । झडपका क्रममा दर्जन बढी प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । कोहलपुरका डिएपी हेम बहादुर शाही पनि झडपका क्रममा घाइते भएका छन् ।


प्रदर्शनकारीले सडकमा रहेका गाडी तोडफोड गरिदिएका छन् । छात्रालाई ठक्कर दिने ट्रकमा आगजनी गरिएको छ । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नसकेपछि कफ्र्यु लगाउनु पर्ने अवस्था आएको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारीले अवस्था बिग्रन नदिन कफ्युका लागि जिल्ला सुरक्षा समितिको बैठक बस्न लागेको बताएका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुर परिसर भित्र रहेको क्यान्टीनमा आगजनी गरीएको छ । कोहलपुरमा जारी आन्दोलनकै क्रममा क्यान्टीनमा आगजनी गरीएको हो । प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले ईलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निशेधित घोषणा गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया