खड्कालाई ल्याइयो कोहलपुर हिरासत

आरोपी केशर खड्का


राजधानी काठमाडौंमा पक्राउ गरिएका तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई मंगलवार इलाका प्रहरी कार्यालय कोहलपुरका जिम्मा लगाइएको छ ।
श्री एअरलायन्सको उडानबाट नेपालगन्ज पठाइएका खड्का ज्यान मार्ने उद्योगमा फरार रहेकोले त्यसै अनुरुप महानगरीय अपराध महाशाखाको टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको थियो । सम्बद्ध स्रोतका अनुसार, खड्काले आफू अपहरणमा परेको भन्दै उजुरी गराएपछि अपराध महाशाखाको टोलीले खोजीका क्रममा होटेलमा फेला पारेको थियो । जहाजबाट ओर्लनासाथ खड्कालाई कोहलपुर प्रहरीको टोलीले हतकडी लगाएर नियन्त्रणमा लिइ कोहलपुर हिरासत पु¥याएको हो ।
सोमबार बिहान महानगरीय प्रहरी अपराध महाशाखामा खड्का अपहरणमा परेकाले खोजिदिन उजुरी परेपछि प्रहरी हर्कतमा आएको थियो । नेपाली कांग्रेस निकट विद्यार्थी संगठनकै नेताले उजुरी गरेकाले प्रहरी सचेत थियो । स्रोतका अनुसार, कोहलपुर इलाका प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीलाई फँसाउन सक्रिय खड्का अपहरणमा परेको भन्ने कुराले प्रहरी अझ बढी सचेत थियो । प्रहरीले खड्काको मोबाइल लोकेसन खोज्दै जाँदा गोगंबुमा भेटेको जनाएको छ ।
‘उ आफैले खनेको खाल्डोमा प¥यो,’ प्रहरी स्रोत भन्छ, ‘प्रहरीले अपहरणबारे सोधपुछ गर्दा खड्काले प्रहरी पोसाकमा आएका तीनचार जनाको नकाबधारी समूहले होटलमा लगेर मोबाइलमा रहेको सामग्रीसमेत डिलिट गरेको बताएपछि अनुसन्धान झनै सघन पारियो ।’
होटलमा सिसिटिभी हुनसक्ने भन्दै प्रहरीले खड्कालाई लिएर उक्त होटलमा लैजाने तयारी गरेपछि खड्काले आफुले अपहरणमा परेको नाटक गरेको पोल आफै खोलेका थिए । ‘उसले झुटो कुरा धेरै टिकाउन सकेन, अनुसन्धानका लागि होटलको सिसिटीभी खोजी नगर्दै गल्ती स्वीकार ग¥यो,’ अनुसन्धानमा खटिएका प्रहरी भन्छन् ।
यसअघि कोहलपुर इलाका प्रहरीले केही साताअघि बाँकेका नगरसभापति सन्दीपजंग शाहलाई हतियारसहित पक्राउ परेको समाचार सार्वजनिक भएलगत्तै सोही इलाका प्रहरी इन्चार्ज शाहीले खड्कासँग दशैँका लागि खसी मागेको र आफ्नो सरुवा गर्न चलखेल गरेको भन्दै धम्क्याएको छुट्टाछुट्टै दुई वटा अडियो रेकर्ड सार्वजनिक भएको थियो । उक्त रेकर्ड सार्वजनिक गर्ने उनै खड्का थिए ।
२०७६ असोज २६ गते राती बाँकेको बैजनाथ गाउँपालिका–३ मा मेलामा नेपाली सेनाका जवान लोकेन्द्र शाहीमाथि भएको खुकुरी प्रहारमा खड्का मुछिएका छन् । कोहलपुर प्रहरीले ६ जनालाई पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्धा चलाएको उक्त घटनामा पक्राउ हुनेले खड्कालाई पालेपछि कोहलपुर इलाका प्रहरी प्रमुख शाहीले गत कात्तिक १९ गते भएको बाँके जिल्ला अदालतको आदेशले तरुण दलका जिल्ला कोषाध्यक्ष खड्काविरुद्ध पक्राउ अनुमती पाएको बताए । पक्राउ परेकामध्ये यमबहादुर राना पुर्पक्षका लागि कारागार चलान भए भने अन्य धरौटीमा छुटेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया