कोभिड–१९ प्रतिकार्य परियोजना संचालन गर्दै गेरुवा

बर्दियाको राजापुरमा संचालन हुने कोभिड १९ प्रतिकार्य परियोजनाकोे परिचयात्मक कार्यक्रम गरिएको छ ।
USAID Tayar Nepalको आर्थिक तथा प्राविधिक सहयोगमा र राजापुर नगरपालिकाको समन्वयमा गेरुवा ग्रामिण जागरण संघद्धारा संचालित कोभिड–१९ प्रतिकार्य परियोजनाकोे आइतबार परिचयात्मक कार्यक्रम गरिएको हो ।
गेरुवाका अध्यक्ष कृष्णजंग शाहको अध्यक्षता तथा राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अहिलेको महामारीको समयमा परियोजनाले उद्देश्य तथा कार्यान्वयन बारे संघका कार्यकारी निर्देशक हरि सुबेदी स्पष्ट पार्नुभएको थियो ।


नगरपालिकामा कोभिड–१९ बाट सामाजिक र आर्थिक रुपमा प्रभावित क्षेत्रमा सहयोग पु¥याउने, कोभिड १९ बाट प्रभावित समुदाय÷परिवारहरुको जिविकोपार्जनमा सहयोग गर्ने परियोजनाको उद्देश्य रहेको जनाइएको छ ।
गेरुवा र नगरपालिको समन्वयतथा सहकार्यमा र अन्य प्राविधिक साझेदार संस्थाहरुमा World Vision International, National Economic forum, National Society for Earthquake Technology र स्थानिय सरोकारवालाहरुले पालिकास्तरको सामाजिक आर्थिक सुधारीकरण कार्यक्रममा सहयोग गर्ने बारे जानकारी गराएका छन् ।
नगरपालिकाको आर्थिक सुधार योजना, जिविकोपार्जनको लागि नगद हस्तान्तरण कार्यक्रम र लघु, साना तथा मझौला उद्योगीहरुलाई कोभिड–१९ प्रतिकार्य परियोजनामा संलग्न गराई राजापुर नगरपालिकालाई आर्थिक सुधारिकरणमा योगदान पु¥याउने कार्यक्रम रहेको छ ।
कार्यक्रममा बोल्दै मेयर शिब प्रसाद चौधरीले लाभग्राही छनौट प्रक्रियामा निश्चित मापदण्ड रहेको जानकारी दिनुभयो । कार्यक्रमलाई चुस्त दुरुस्त राख्नका निम्ति सरोकारवाला वडा लगायत संघ संस्था बुद्धिजिवी, समाजसेवीहरुलाई सहयोगको लागि अनुरोध समेत गर्नु भयो ।
गेरुवाले बिषम परिस्थितिमा राजापुर नगरपालिकाका जनतालाई गरेको सहयोगप्रति धन्यवादका साथै निकट भबिष्यमा पनि यस्ता सहयोगको अपेक्षा गरिएको मेयर चौधरीले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बसन्त राज अधिकारीले यस कार्यक्रमबाट सहयोग प्राप्त गर्ने लाभग्राहीलाई सहज तरिकाले यहाँका स्थानिय बैंकबाटै भुक्तानी हुनुपर्ने सुझाव दिनुभयो । यस्तै वडाअध्यक्षहरुले लाभग्राहीको संख्या न्युन रहेको र लाभग्राही छनौट गर्दा चुनौती रहेको बताउनुभयो ।
यस्तै संघका अध्यक्ष अध्यक्ष शाहले राजापुर क्षेत्रमा ४५ किलो मिटर रिङ्गरोड निर्माणका साथै अन्य बिभिन्न कार्यक्रम संचालन गर्दै आएको र हाल ६ जिल्लाका ३५ पालिकामा काम गर्दै जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा तयार नेपालका इन्जीनियर सत्य नारायण चौधरी, कृष्ण चौधरी र प्रत्येक वडाका वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया