विभिन्न मुद्दामा सजाय जरिवाना र कैद बाँकी रहेका प्रतिवादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत बाँके प्रहरीले डुडुवाबाट एकजनालाई पक्राउ गरेको छ ।
कर्तब्यज्यान मुद्दा अन्तर्गत ५ वर्ष ११ महिना ५ दिन कैद सजाय तोकिएका बाँके डुडुवा गाउँपालिका वडा नं.३ बस्ने विष्णु अहिरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले २०६७ साल चैत्र ४ गते स्थानीय खुसीराम बर्मालाई कूटपीट गरी घाइते बनाई भरुवा बन्दूकले प्रहार गर्दा उपचारको क्रममा ज्यान गएको मुद्दामा फरार रहंदै आएका थिए ।










