भावुक योगी
कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन देशभर लकडाउन भैरहेका बेला बर्दियाका स्वास्थ्यकर्मीलाई सहयोग पुर्याउने उदेश्यले संवाद समुहको पहलमा बेस संस्थाद्धारा जिल्ला प्रशासन कार्यालय बर्दियालाई पिपिई सेट र (गन फर फिभर) थर्मल गन सहयोग गरिएको छ ।
संवाद समुहको पहलमा बेस संस्थाद्धारा गुणस्तरिय खालका ४ थान पिपिई सेट र ४ थान थर्मल गन संवाद समुह सचिवालय दाङका संयोजक चन्द्र चौधरीले बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई हस्तान्तरण गर्नु भएको हो ।
संवाद समुहले बर्दियाका विभिन्न साझा सरोकारकारका सवालहरुमा सहजिकरण गर्दै आईरहेको र लकडाउन भएदेखि अहिलेसम्म पनि निरन्तर स्वास्थ्य सामाग्री लगायतका विभिन्न समस्यामा सहजिकरणको प्रयास गर्दै आएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।
यस्तो विपत्तीको समयमा संवाद समुह बर्दियाले निर्वाह गरेको भुमिकाप्रति प्रजिअ लामिछानेले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्दै सहजिकरण कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
यसअघि संवाद समुह बर्दियाको सहजिकरणमा ठाकुरबाबा निवासी समाजसेवी विनय रावलद्धारा जिल्ला प्रशासन कार्यालय र ठाकुरबाबा नगरपालिका क्षेत्रका प्रहरी, स्वास्थ्यकर्मी र संचारकर्मीलाई पनि झण्डै २ सय थान पिपिई प्राप्त भएको उहाँले बताउनुभयो ।