
कोरोना भाइरस बिरुद्ध स्थानीय तहले बनाएको राहत कोषमा बासले आर्थिक सहयोग गरेको छ । बासले बाँकेका आठ वटै स्थानीय तहलाई १०÷१० हजार रकमको चेक हस्तान्तरण गरेको हो ।
पालिकाले कोरोना बिरुद्धको कोषमा रकम सहयोग गरि पालिकाहरुले गरिरहेको कार्यमा संस्थागत सहकार्य गरेको बासका अध्यक्ष रमेश सिटौलाले बताए । उनका अनुसार, मानवीय भावना र सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसाथ गरि बासले केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी, कार्यसमिति सदस्यहरुको सहयोग र आन्तरिक स्रोतबाट संकलित रकम सहयोग गरिएको हो ।
अध्यक्ष रमेश सिटौला र निबर्तमान अध्यक्ष मन भण्डारीले नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पर्शुराम उपाध्यायलाई पालिका कार्यालयमैं पुगि चेक हस्तान्तरण गरेका थिए ।
बासका कार्यकारी निर्देशक नमस्कार शाह र निर्देशक हेमराज भट्टले जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादव, उपाध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्री, खजुरा गाउँपालिकाका अध्यक्ष किश्मत कुमार कक्षपति, प्रमुख प्रशासकिय अधिकृत बम बहादुर के.सी. र बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल, उपाध्यक्ष शारदा रेग्मी बि.क.लाई चेक हस्तान्तरण गरेका थिए ।

त्यस्तै बास बाँके शाखाका अध्यक्ष रबिन्द्र बोहरा र असल शासन कार्यकर्ता शुद्ध चौधरीले कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारती र राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनिकुमारी खत्रीलाई चेक हस्तान्तरण गरेका थिए ।










