नरैनापुरमा सात सय २० घरपरिवारलाई राहत


बाँके नरैनापुर गाउँपालिकाले आज सात सय २० जनालाई श्रमिक र ज्यालादारी काम गर्ने घरपरिवारलाई राहत सामाग्री उपलब्ध गराएको छ ।
कोरोना संक्रमणलाई मध्यनजर देश लकडाउन रहेको अवस्थामा दैनिक ज्यालादारी गरि कमाउने खाने परिवारलाई समस्या भएको भन्दै गाउँपालिकाले ६ वटै वडामा प्रति वडा १ सय २० जनाका दरले सात सय बीस जनालाई राहत उपलब्ध गराइएको सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिए ।
गाउँपालिका क्षेत्रमा रहेका गरिब र असहाय ब्यक्तिहरुलाई राहत उपलब्ध गराउन स्थानीय स्तरबाट समेत पहल सुरु भएको छ । सो क्रममा नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्र, महेन्द्र मावि मटेहियाका लेखापाल शिव चरण यादव, नरैनापुर ५ बस्ने सज्जाक खाँ र नरैनापुर गाउँपालिकाका लेखापाल प्रकाश अधिकारी जनही २०।२० घर परिवारलाई ब्यक्तिगत राहत सहयोग गर्ने घोषणा गरेका छन् ।
राहत वितरणका क्रममा नरैनापुर गाउँपालिका वडा नं.५ मा अनियमितता भएको गुनासो बाहिर आएको छ । गैरश्रमिक ब्यक्तिहरुलाई वडा कार्यालयले वितरण गरेको सन्दर्भमा गुनासो आएको हो, नेपालगन्ज न्युज संग कुरा गर्दै वडा नं.५ का सहायक अधिकृत मुन्सी प्रसाद यादवले भने, अनियमितता बारे छानबिन अघि बढाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया