
नरैनापुरमा रहेका शैक्षिक समस्या सुधार गर्नका लागि योजना बनाएर अगाडि बढनुपर्ने एक कार्यक्रममा जोड दिएको छ । शिक्षा,युवा तथा खेलकुद शाखा नरैनापुरले आयोजना गरेको शिक्षक तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि बारे ३ दिने अभिमुखीकरण कार्यकमका सहभागीहरुले सो कुरमा जोड दिएका हुन ।
कार्यक्रमको उदघाटन सत्रको बिशिष्ठ अतिथिको आसन्नबाट बोल्दै शिक्षा बिकास समन्वय ईकाई प्रमुख राम सुरेश यादवले योजनाबद्ध रुपमा अगाडि बढनसके बिद्यालयहरुमा सुधार आउन समय नलाग्ने बताए ।
शिक्षा शाखाको समन्वयमा प्रधानाध्यपकहरुले जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै शैक्षिक सुधारका लागि अभिभावक र बालबालिकाहरुको चेतनास्तर बृद्धि गर्न आवश्यक रहेको जिकिर गरे ।
नरैनापुरका बिद्यालयहरुमा भौतिक पुर्वाधारको कमी नरहेको भन्दै अव शैक्षिक प्रगति देखाउनु समय रहेको भन्दै प्रधानाध्यापकहरु पठनपाठन प्रति गम्भीर हुनुपर्नेमा प्रमुख यादवले जोड दिए ।
कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिका प्रमुख ईश्तियाक अहमद शाहले शैक्षिक सुधारको लागि गाउँपालिका र गाउँपालिका प्रमुखले कहाँ ,कस्तो र कुन किसिमको सहयोगको आवस्यकता रहेको छ, मांग अनुसार सहयोग गर्न तयार रहेको बताए । शैक्षिक सुधारमा बाधक बन्ने काम असहय नहुने भन्दै बिद्यालयमा बिद्यार्थी सँख्या बढाउदै प्रभावबारी पठनपाठनको ब्यवस्था मिलाउन सबको महत्वपुर्ण भुमिका रहेको बताए प्रमुख शाहले बताए ।गाउँपालिकाले शिक्षामा सधार ल्याउनका लागि अहिले द्र्त गतिमा लागिरहेको र गाउँपालिकाको यस अभियानमा सबैले सहयोग गर्नुपर्न उनको भनाईरहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दलबहादुुर बस्नेत नियमित रुपमा बिद्यालय सञ्चालन उपलब्धीमुलक प्रतिफल देखाउन सबै प्रधानाध्यक र शिक्षकहरुलाई आग्रह गरे ।
शिक्षा,युवा तथा खेलकुद शाखा नरैनापुर शिक्षामा सुधार ल्याउनका लागि पालिकामा रहेका बिद्यालयका प्रधानाध्यापक र कर्मचारीहरुको क्षमता अभिबृद्धिमा जुटेको छ । भर्खरै शिक्षा,युवा तथा खेलकुद शाखाको प्रमुखको जिम्मेवारी पाएको गाउँलिकाका कर्मचारी लक्ष्मीकान्त मिश्राले शैक्षिक सुधारको लागि गाउँपालिका र शिक्षा साखा सधै तत्पर रहेको को बताए ।
बिद्यालय क्षेत्रमा देखिएको समस्या समाधानका लागि गाउँपालिका स्तरमै बिद्यालयहरुको अनुगमन बढाईएको, पठनपाठनमा कडाई गरिएको, प्रधानाध्यापक ,शिक्षक, ब्यवस्थापन समितिका प्रतिनिधिहरु सँग गाउँपालिका तथा शिक्षा साखाको समन्वयमा नियमित बैठकलाई निरन्तरता दिईएको क्षमता अभिबृद्धि तथा नेतृत्व बिकासमा जोड दिएको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख मिश्रको भनाई रहेको छ ।
समय समयमा गाउँपालिका र शिक्षा साखाले गर्ने गरेका अनुगमनका क्रममा बिद्यालयमा शिक्षकहरु अनुपश्थिति रहने गरेको ,बिदयालय समयमा नपुग्ने, पुगे पनि बिदा हुनु भन्दा पहिले निश्किने, अध्ययन अध्यापनमा लापरवाही हुने गरेको,बिद्ययालय जाने बिद्यार्थीहरको सँख्या घटदै गएको अवस्था देखिएपछि शिक्षकहरु लाई नियमित उपश्थिति र प्रभावकारी शिक्षणका लागि क्षमता अभिबृद्धि तालीम देखि लिएर बैठक गोष्ठी तथा अनुगमन गाउँपालिका निरन्तरता दिएको जनाएको छ ।
शनिवार नेपालगञ्जको हयात होटेलमा सञ्चालन भएको ३ दिने क्षमता अभिबृद्धि तालीममा २१ बिद्यालयमा प्रधाना ध्यापक र कर्मचारी गरि २५ जनाको सहभागिता रहेको छ ।










