खजुरामा बन्ने भो बहुद्देश्यीय सभाहल


बाँकेको खजुरामा बहुउद्देश्यीय सभाहल निर्माण हुने भएको छ । करीब ५ सय जना मानिस अट्ने क्षमताको सभाहल बन्न लागेको हो । उक्त बहुउद्देश्यीय सभाहलको विहीवार खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले एक कार्यक्रमका वीच शिलान्यास गरेका छन् ।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी र वडा नं. ३ का सदस्य डिल्ली आचार्यले विधिपूर्वक पूजापाठ गर्दै शिलान्यासमा सहयोग गरेका थिए ।

२०७६ साल जेठ २१ गते अमर कन्स्ट्रक्सन प्रा. लि. काठामाडौंसंग ठेक्का सम्झौता भई २०७८ साल असार मसान्तसम्म सक्ने गरी २ तले सुविधा सम्पन्न सभाहलको शुरुवात गरिएको अध्यक्ष कक्षपतिले बताए । खजुराको गौरवका योजनामा पर्ने उक्त सभाहल बहुवर्षीय बजेटमा निर्माण गर्ने गरी तय भए अनुसार ४ करोड ८० लाख ३६ हजार ५६० रुपैयाँ भ्याट बाहेकमा ठेकेदार कम्पनीले निर्माण सम्पन्न गर्नका लागि कबोल गरेको छ ।
खजुरा गाउँपालिका वडा नं. ३ खजुरा बजार दक्षिण वडा नं. ३ को कार्यालयसंगै रहेको करीब १० कठ्ठामा निर्माण हुन लागेको सभाहल समयमै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिवद्धता जनाएको छ । शिलान्यास कार्यक्रममा उपप्रमुख एकमाया विक, वडाध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया