राप्तीपारी विद्युतीकरणको काम तत्कालै सुरु हुने, प्रतिनिधि सभा सदस्य गहतराजले गरे ठोस पहल

बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज (अथक)ले राप्तीपारि क्षेत्रमा तत्काल विद्युत पुर्याउन पहल थालेका छन् । नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिंग संग भेटगरी गहतराजले राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा एक महिना भित्र काम थाल्ने हिसाबको पहल गरेका हुन् ।

 

 

आज शुक्रवारबाट नै म्याद सुरु हुने हिसाबले ३ महिना भित्र नेपाल विद्युत प्राधिकरणले सबै कानूनी र ब्यवहारिक बाधा फुकाउने र एक महिना भित्र ठेकेदार सम्पूर्ण सामाग्री सहित निर्माण स्थलमा फेला पर्नु पर्ने अनिवार्य चेतावनी सहित गहतराजले विद्युतीकरणमा उर्जापूर्ण पहल अघि बढाएका हुन् । एक दशअघि देखि अड्किएको राप्तीपारिको विद्युतीकरणमा यसअघि जिल्ला प्रशासनको बैठकमा नै गहतराजले प्रभावकारी पहल थाल्ने जानकारी दिएका थिए ।

 

 

‘वातावरणीय प्रभाव मूल्यांकन भैसकेको छ’, गहतराजले भने, ‘रुख काट्ने विषय मन्त्री परिषद्बाट निर्णय गर्न गर्नुपर्ने भएकाले केही समय लाग्छ ।’ त्यसका लागि विद्युत प्राधिकरणले आफैले पहल गर्ने जानकारी दिएको प्रतिनिधिसभा सदस्य गहतराजले भने । ‘म अब नियमित फलोअप गरिरहने छु’, उनले भने ।

 

‘निर्माणका लागि बजेटको कुनै समस्या छैन’, गहतराजले भने, ‘लापरवाहीका कारण आजसम्म जनतालाई दुःख दिइयो अब म त्यसो भैरहन दिन्न ।’ ‘अब विद्युतीकरणमा राप्तीबासी ढुक्क भए हुन्छ’, प्रतिनिधिसभा सदस्य गहतराजले भने ।

प्रतिक्रिया

प्रतिक्रिया