वसन्त गौतम
बाँके जिल्लामा सम्बन्ध बिच्छेदका मुद्दा अनपेक्षित रुपमा बढेका छन् । बैशाख महिनामा मात्रै ४२ मुद्दा दर्ता भएका छन् भने जेष्ठको २२ गतेसम्ममा ४७ थान सम्बन्ध बिच्छेदका मुद्दा दायर भएको अदालतका सुचना अधिकारी धनसिंह गिरिले जानकारी दिए ।
सानो तिनो कुरामा पनि मनमुटाव हुने, उमेर नपुग्दै बिवाह गर्ने, बिवाहलाई घरपरिवारले स्वीकार नगर्ने, छोटो समयकै चिनजानले प्रेम बिवाह गर्नेहरुले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गराउने गरेको अदालतका सुचना अधिकारी गिरीले बताए ।
यसैगरि लागु औषधमा फसेको कुरा बिवाह पछि थाहा पाएकाहरुले पनि छिट्टै सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराउने गरेको गिरिले बताए ।
प्राय गरेर उमेर १६ देखि २२ बर्षसम्मका महिलाले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गराउने गरेको छन । ‘एक ढेड बर्षका दुधे बालक बोकेर समेत सम्बन्ध बिच्छेद गर्न आउँछन् र कतिपयले त मुद्दा दर्ता गरेको ३/४ दिनमै सम्बन्ध बिच्छेद हुने गरि मिलापत्र गर्छन्,’ गिरिले जानकारी दिए ।