नेपालगन्ज गौरवताः दीलमान सिंह थापा

तपाई हुनुहुन्छ कृतिशेष ४नं पृतनापति दीलमान सिह थापा (अप्रा) । सैन्य अधिकारी, गुमसुदानायक, किर्तिमानी ब्यक्तित्व तपाईलाई मेरो समाज र देशले फगत एउटा वर्दीधारी सैन्य अफिसर मात्रै सम्झियो । तपाई माथी यो अन्याय हुन्छ भने हाम्रा बुझने हैसियत माथी पनि प्रश्न उठछन् । औषत सैन्य अधिकारी भन्दा तपाईमा त्यस्तो के फरक थियो ? जस्कारण तपाई ब्यक्तिबाट ब्यक्तित्वमा फेरिनुभयो । नयाँ पुस्ताले तपाईलाई कसरी लिन्छ र लिनुपर्छ ? इतिहासमा तपाईको के, कस्तो भूमिकार योगदान रह्यो ? संक्षिप्त चर्चा गर्नेछु ।

दीलमानसिहसंग लेखक

अव त्योमाहान कृतिको ब्याख्या नगर्ने जोडिदार ठाकुर पूरणसिह खवास (जनमुक्ति सेनाकामूल कमाण्डर), सहयोद्दा जीवीयाथुम्वा, निर्मल लामा, डोनास ग्रागदान, श्यामतामांग, गुलावसिह रहेनन् । भारतीय जेलबाट छुटेपछि सरदार मोहनसिहसंग देश सेवक संघमा स्वयम सेवकवाट एकीकृत पंजाव (भारत–पाकिस्थान) शरणार्थीको सेवामा रहने आजादहिन्द सेनाका यौद्धालाई कलकत्ता लगेर नेपालको प्रजातान्त्रिक आन्दोलनको सशस्त्र क्रान्तिको नेतृत्व गर्न बनेको जनमुक्ति सेना आधार तयार गर्ने बाबुकृष्ण शर्मा नै रहे । अवदश्तावेजमा सुरक्षित तपाई हिमाचल प्रदेश भाक्सुको पथिक लिखतः ‘गोरखाबहादुर’, ठाकुर पुरणसिहखवासःआत्मावृतान्त र श्यामतामागःजनमुक्ति सेनाः एक नलेखिएको इतिहासमा’ समेटिनु भएको छ । नेपाल प्रहरी र नेपाली सेनाले सो संगठनको ब्यबसायी इतिहासमा समेटेको पनि होला । हो, सवैका आआफना कथा ब्यथा हुन्छन् । इतिहास हुन्छ । त्यस्तै एउटा फौजीको हुनु स्वभाविक हो । तपाई ब्यबसायी फौजीमात्र भएको भए, म पनि त्यति चासो राख्दैनथे ।

नेपालगंजका स्वतन्त्रता सेनानीबीचमा थापा ।

हो, तपाइको जन्मविस १९७०, चैत्रमा भारत हिमाचल प्रदेशको तोतारानीगाउँ, भाक्सु, धर्मशाला काँगडामा भएको हो । पश्चिम युद्दमा जाँदा तपाईका पुर्खा त्यँही रहे । तपाईको पैदायिसी कांगडामै भएको हो । सन १९३० सेकेन्ड फष्ट गोरखा राइफल (बृटिस–इण्डिया)मा भर्ना भएर २३ अगस्त १९४१ मा तपाईको पल्टन सिकन्दराबादबाट मलायामार्च ग¥यो । त्यस वखतजम्दार हुनुहुन्थ्यो । जापानी सेनाले सन २३ अगस्त १९४१ मा तपाईहरुलाई युद्दबन्दी बनायो । छुटेपछि सुभाषचन्दवोसको आजाद हिन्दफौजमा (सितम्वर १,१९४२आहिसे) सामेल हुँदै बृटिसवर्दी फुकालेर उसैका विरुद्ध लडन थाल्नु भो । आहिेसेको मेजर तपाईले १९४४को इम्फाल नजिकको पराक्रमबाट सुभाषचन्द्र वोसले शेर–ए–हिन्दको सम्मान दिए । अगस्त महिना वोल्टाङ्गमा ब्रिटिस सेनाले युद्ध बन्दी बनाएर दिल्लीको लालकिल्लामा पु¥यायो । तपाईहरुको मुद्दा लड्न तेजबहादुर सप्रु, भूलाभाई देसाई र जुहारलाल नेहेरुहरुले पैरवी गरे । तर २८ जुन १९४४मा बर्मा–कोहिमा नजिक गिरप्mतार तपाईका साथी मेजर दुर्गा मल्ल र दलबहादुर थापालाई भने ३ मई १९४५मा तिहाड जेलमा फासी दिइयो । भारतीय स्वतन्त्रता संग्राममा सहिद हुने तपाईका साथीथापा र मल्लको सालिक अहिले पनि भारतीय संसद गलियारमा छ । दोस्रो विश्वयुद्धको पटाक्षेप संग उपनिवेश विरुद्ध संसारमै मुक्ति संग्राम चल्दै गए । वेलायतको सम्राज्य खुम्चिदै जाँदा अन्य राजवन्दी जस्तै तपाई पनि जेल मुक्त हुनु भयो । भारतीय स्वतन्त्रता दिवसको अवसरमा हरेकवर्ष तपाईलाई उच्चसैनिक सम्मानका साथ भारत लगिएर स्वतन्त्रता सेनानीको सम्मान गरिन्थ्यो ।
क्रान्तिकारीबाट ब्यबसायी सेनामा सन १९५०मा नेपाली जनमुक्ति सेनागठनमा तपाई उपाध्यक्ष नियुक्त हुनु भएपछि फेरी नयाँ भूमिका फेरियो । इन्द्रजात्रा अप्रेशनका लागी काठमाण्डु आउनु भएर मिसन पहिल्यै गिरफतार पर्नुभो । यदी २००७मा राणाशासनको पतन हुँदैनथ्यो भने कोर्टमार्शल झेली रहेको तपाईलाई सैन्य तख्तापल्टी आरोपमा सजाय हुनेथ्यो ।

हरेक युद्ध/आन्दोलन राजनीतिक कार्यकर्ता त घर फर्किन्छन तर फौजीको ब्यबस्थापन फरक तरिकाले गरिन्छ । नेपाली काँग्रेस नेतृत्वको जन मुक्ति सेनाकाकमाण्डर ठाकूर पूर्णसिहखवास, जिवयिाकथुम्वा, श्यामतामांग सहित २००७ साल फागुन ४ गते पटनाबाट ३ हवाइजहाजमा काठमाण्डु उत्रिए । सोही दिन साँझ थिरवम मल्लको घरमा बसेको वैठकले जनमुक्ति सेनालाई रक्षादलमा फेर्ने निर्णय ग¥यो । एउटा नियमित बृटिस सेनाबाट सैन्य क्यारियर सुरु गेरर उसैविरुद्ध भारतीय स्वतन्त्रता आन्दोलनमा प्रत्यक्ष सहभागी हुनु भएको तपाईको नेपालमा सैन्य क्यारिअर भने रक्षा दलमा २००७ साल फागुन २८ वाट सुरु हुन्छ । रक्षादलबाट सेना समायोजनमा तपाई नेपाल पुलिसको डिआइजी हुँदै नेपाली सेनाको पहिलो ४ नंवर पृतनापति हुनुभयो । २०२६साल चैत्र १४गते सैन्य जीवनबाट अवकास पाउनुभएका तपाइको स्थायी घर नेपालगन्ज फुलटेग्रा हो । २०५८ साल मंसिर ८ गते नेपालगन्ज मेडिकल कलेजमा तपाईले अन्तिम सास लिनु भयो । त्यसवखत म प्रतिकूल अवस्थामा भएपनि अन्तिम दर्शन गरेको थिए । संयोग तत्कालीन एसएसपी अमर सिहशाह पनि त्यहीँ रहेछन् ।

आजादहन्दि सेनाको परेड निरक्षणमासिंगापुर टाउनहलको परेड ग्राउन्डमा नेताजी सुुभाषचन्द्र बोस (थापा सोसंगठनमा मेजर थिए)

इतिहासले गरेको माहाठट्ट

तपाई आप्mना चाहानाले नेपाल पुलिस र नेपाली सेनामा जानुभएको थिएन । फागुन ४को निर्णयले सेना समायोजनले हो । यसैपनि राजनीतिक नेतृत्व फौजी नेतृत्वलाई पन्छाउन चाहान्थ्यो । काग्रेस केन्दिय समितीमा ठाकूर पुरणसिहको दवदवाथियो । उनी प्रजातान्त्रिक काँग्रेसका भरोशिला फौजी थिए । त्यसैले ठाकुर, याकथुम्वा, तपाई र श्यामलाई राजनीतिबाट हटाउनु पनि चाल थियो । जुन संगठनको लागी खटनु भयो त्यसैको दमन गर्न व्यवसायिकताले विवस हुनु भयो । ओखलढुंगामा क्याप्टेन यज्ञबहादुर थापाको अवस्था र पार्टीनीतिको तपाई उदासिन भएको वेला मसंग भन्नुभएको सम्झन्छु ।

कहिलेकहीँ सम्मान पनि इतिहासमा ठट्टा बन्न पुग्दो रहेछ । पञ्चायत ढल्यो, बहुदल आयो तर तपाईको पार्टी नेपाली काग्रेसले फुल्टेक्राबाट तपाईलाई वार्डअध्यक्षको उम्मेदवार बनायो, चुनाव हार्नुभो । धेरै युद्ध लडेको तपाईलाई चुनाव जित्नु र हार्नुले खासै अर्थ राखेन । तर, सुशील कोईराला नगरीमा धेरै स्वतन्त्रता सेनानी र मुर्धन्य काग्रेसी नेता उपेक्षित भएको ठाँउमा त्यो निर्णयलाई ब्यक्तित्व चिन्न नसक्ने नेतृत्वको सोच इतिहासमा भद्धाठट्टा बन्नपुग्यो ।

अन्तमा
मैले इतिहास र राजनीतिलाई युद्द र शान्ति अभ्यासका रुपमा बुझीँ । संघर्ष नगरी जिन्दगी चल्दैन समाजले फडको मार्दैन । संर्घष नगर्ने जात या त प्रकृतिमालोप हुन्छ, या त सनातनी अवस्थामै जीवन रित्तिन्छ । अहिलेको गणतन्त्रै तयसै सित्तैमाआएको हैन । शान्तिपूर्ण युद्ध राजनीतिहो भने रक्तपातपूर्ण राजनीति, युद्ध हो । इतिहास यस्तै जाहाजमा यात्रा गर्छ । इतिहासले विभिन्न कालमा आप्mना संर्घषरत सन्तान भिन्नभिन्न रुपमा जन्माउने गर्छ । खुशी वेचेर सुख खाज्ने लाखौँ गोर्खेहरु विदेशी सीमाकुर्दै जीवन सके, या त मारिए तर त्यसैमध्यका तपाईलाई किन हामीले सम्झन आवश्यक छ ? हो,…इतिहासको संगिन मोडमा बिद्रोही खोज्दछ, आँधीमानौ त्यहाँ शान्त छ भन्ने भएर हो । ब्यक्तिबाट ब्यक्तित्व भएर हो । इतिहास ब्यबस्थापकहरुको खेलमातपाई बिस्मृतिका गर्भ रहनु भनेको हाम्रो चेचनाको विडम्वना हो । सलाम– दीलमानसिह साहव ।

प्रतिक्रिया

प्रतिक्रिया