
महिला- महिला -महिला जति खेर नि यो लेखकले महिलाको कुरा मात्र गरिरहने आखिर कहिले सम्म महिलाकै कुरा मात्र गर्ने हो त । यही शब्द कैयौं पाठकको मन मष्तिष्कमा आइसकेछ होला र दिक्क मानेर यो लेख पढ्न मन पनि न लाग्न सक्छ होला । तर धैर्यताका साथ यो लेख पढ्दा कारणहरु प्रष्ट हुनेछन् कि आखिर यो एकाइसौं शताब्दीमा पनि यति आधुनिक सुख सुविधाको व्यवस्था , यतिका कानूनी हक अधिकारको व्यवस्था हुदांहुदैं पनि किन महिलाकै बारे बोल्नु र लेख्नु पर्ने खांचो छ ।
यदि हेर्ने हो भने पक्कै पनि महिलाका लागि सरकारी स्तरबाट महिलाका हकमा कानूनी व्यवस्था छ । गैर सरकारी स्तरमा महिला सशक्तिकरणका लागि विभिन्न संघसंस्था खडा गरिएका छन् । महिलाका अधिकार शुनिश्चित गर्न गराउन विभिन्न नीति बनाइएका छन् । विभिन्न धर्मग्रंथहरुमा पनि महिलाको उत्कृष्टता बयान गरिएकोछ । तर पनि महिलाहरुको अवस्था र महिलाप्रतिको धारणा र दृष्टिकोण परिवर्तन हुन सकेछैन् ।
महिला बारे समाजको धारणा हेर्ने हो भने महिला अबला हुन् ,कमजोर हुन् र असक्षम हुन् भनी परिभाषित गरिन्छ । यहां एउटा उदाहरण हेरौं त्यसपछि महिला बारे माथिका उल्लिखित धारणा अवश्य नै परिवर्तन हुनेछ । यदि कसैको हाड भाच्चिएको छ भने उसलाई सोध्नुस् कि एउटा मात्र हाड भाच्चिदां उसलाई कति पीडा हुन्छ अवश्य नै उसको जवाफ हुन्छ कि सहनै नसक्ने भनी । तर तपाईलाई थाहा छ विज्ञानले भन्छ एउटी महिलाले जब कुनै बच्चालाई जन्म दिन्छिन् तब उनलाई हुने प्रसवपीड़ा २२ हाड एकै चोटि भाच्चिदां हुने पीडा बराबर हुन्छ जुनकी कुनै पुरुषले सहन सक्दैन् । अब भन्नुस् जसले २२ हाड भाच्चिने पीडा सहेर तपाईलाई जीवन दिन्छिन् आफ्नो रगत चुसाएर ,घामपानी, चिसोतातो हरेक अभाव सहेर पालन-पोषण गरी हुर्काउने राम्रो शिक्षा दिएर समाजमा सम्मान स्वरूप बाच्न लायक बनाउन जीवन अर्पित गर्छिन् । उनी कमजोर , अबला असक्त र असक्षम कसरी भईन् त ।
जुन महिलाको कुनैअस्तित्व छैन्, कुनै महत्व छैन् जसलाई घरमा एउटा कामदारको रुपमा मात्र हेरिन्छ हो ती महिला एउटी आमा पनि हुन् जसको गर्वमा हुदां सम्म भ्रुणबाट एउटा शिशुको रुपमा हाम्रो जीवन बढ्छ । नत्र संसारमा आएदेखि त जीवन घट्ने मात्र गर्छ हरेक वर्ष जीवनबाट एक वर्ष घटेर मृत्यु तर्फ बढ्छ । एक आमाले गर्भमा रहेको आफ्नो बच्चालाई आफ्नो रगतबाट हुर्काउछिन् ।
एउटी महिला सफल र कुशल सृष्टिकर्ता हुन् किनकि उनलाई ः
घर दिनुस् , स्वर्ग बनाइ दिन्छिन् ।
अन्न दिनुस् ,खाना बनाई दिन्छिन् ।
शिक्षा दिनुस् ,घर उज्ज्वल गर्छिन् ।
घृणाको बदलामा माया दिन्छिन् ।
माया दिनुस् ,जीवन अर्पण गरिदिन्छिन् ।
सन्तान दिनुस् , नैतिकवान बनाईदिन्छिन् ।
यहां सम्म कि उनी आफ्नो सर्वस्व अर्पण गरेर पनि कहिले त्यसको बारेमा शिकवा शिकायत गर्दैनिन्न् बरु हर हाल, हरेक परिस्थितिमा आफु सन्तोष गरी अरुको जीवन सहज बनाउन अथक प्रयास गर्छिन् ।
धर्ममा महिलाहरुको महत्त्व
हुन् त हरेक धर्मले महिलाको महिमा बखान गरेछ , महिलाको स्थान उच्च रहेको भनी बताएको छ । तथापि हामी यहां सबै धर्मको बारे चर्चा नगरी हिन्दु र इस्लाम धर्ममा महिलाको महिमा बारे संक्षिप्त बयान गर्छौं ।
इस्लाम धर्म अनुसार जुन स्वर्गको कामना हरेक व्यक्तिले गरेको हुन्छ त्यही स्वर्गलाई महिला(आमा)को पैतालामुनि राखिदियो । इस्लामले आमालाई जन्नत, छोरीलाई रहमत र पत्नीलाई सफकत भनेको छ ।
हिन्दु धर्म अनुसार जहां नारीको पुजा गरिन्छ त्यहां देवताहरुको बास हुन्छ । मानिसका लागि अति आवश्यक कुरा धन, शिक्षा र शक्तिलाई महिलाको अधीनमा राखेछ छन् जस्तैः धनकी देवी लक्ष्मी, शिक्षाकी देवी सरस्वती र शक्तिकी देवी दुर्गालाई मानिएछ ।
कानूनी रुपले महिला अधिकार शुनिश्चितताका लागि बनाईएका विभिन्न ऐन कानून
भाग–३ पारिवारिक कानून परिच्छेद–१ विवाह सम्बन्धी व्यवस्था
परिच्छेद–१
विवाह सम्बन्धी व्यवस्था
६७. विवाह भएको मानिनेः कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ ।
६९. विवाह गर्ने स्वतन्त्रताः (१) प्रत्येक व्यक्तिलाई कानूनको अधीनमा रही विवाह गर्ने, परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता हुनेछ ।
परिच्छेद–१० अंशबण्डा सम्बन्धी व्यवस्था
२०५. अंशियार मानिनेः सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि यस परिच्छेदको अन्य दफाको अधीनमा रही पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिनेछन् ।
२०६. अंशको समान हकदार हुनेः (१) प्रत्येक अंशियार अंशको समान हकदार हुनेछन् ।
(२) अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशियार मानी निजको अंश भाग छुट्याएर मात्र अंशबण्डा गर्नु पर्नेछ ।
संवत् २०६६ सालको ऐन
घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : प्रत्येक व्यक्तिको सुरक्षित र सम्मानजनक तवरले बाँच्न पाउने अधिकारको सम्मान गर्दै घर परिवारभित्र वा घर परिवारसँग गाँसिएर हुने हिंसाजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्य नियन्त्रण गर्न तथा घरेलु हिंसाबाट पीडित व्यक्तिलाई संरक्षण गरी न्याय प्रदान गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ को उपधारा (१) बमोजिम संविधान सभाले यो ऐन बनाएको छ ।
२०७१ सालको ऐन नं. ७
कार्यस्थलमा हुनेयौनजन्य दुव्र्यवहारलाई निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
प्रस्तावना : सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न पाउने प्रत्येक व्यक्तिको अधिकारलाई सुनिश्चित गर्दै कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारलाई निवारण गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले,
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका–संसदको हैसियतमा संविधान सभाले यो ऐन बनाएको छ
संवत् २०७४ सालको ऐन नं. ३६
प्रस्तावनाः मुलुकमा कानून तथा व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्न, विभिन्न धार्मिक तथा साँस्कृतिक समुदायबिचको सुसम्बन्ध तथा शान्ति कायम गर्न, फौजदारी कसूर निवारण र नियन्त्रण गर्न र तत्सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल फौजदारी कसूर सम्बन्धी संहिताको व्यवस्था गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।
मुलुकी अपराध संहिता, २०७४
३३. आपराधिक षड्यन्त्र गर्न नहुनेः
(१) कसैले कुनै आपराधिक षड्यन्त्र गर्न हुँदैन ।
(२) दुई वा दुईभन्दा बढी व्यक्तिहरुले कुनै कसूर गर्न वा गराउन मन्जुर गरी कुनै एक जना मात्र वा दुई वा दुईभन्दा बढी व्यक्तिहरुले कुनै कार्य गरेमा निजहरुले आपराधिक षड्यन्त्र गरेको मानिने छ ।
(३) जघन्य वा गम्भीर प्रकृतिको कसूरको आपराधिक षड्यन्त्र गर्ने वा गराउने व्यक्तिलाई यस सहितामा अन्यत्र छुटैृ सजायको व्यवस्था भएकोमा सोही बमोजिम र नभएकोमा देहाय बमोजिम सजाय हुनेछः–
(क) आपराधिक षड्यन्त्र बमोजिमको कसूर गरेको भए त्यस्तो कसूर गरे सरहको सजाय,
(ख) आपराधिक षड्यन्त्र बमोजिमको कसूर नभई अन्य कसूर भएकोमा त्यस्तो कसूर त्यस्तो षड्यन्त्र कार्यान्वयनको सिलसिलामा वा त्यसैको सम्भावित परिणामस्वरुप भएको रहेछ भने त्यस्तो कसूर बापत हुने सजाय,
(ग) आपराधिक षड्यन्त्र बमोजिमको कसूरको अतिरिक्त अन्य कसूर पनि भएकोमा त्यस्तो कसूर पनि सोही षडयन्त्र कार्यान्वयनको सिलसिलामा वा त्यसैको सम्भावित परिणामस्वरुप भएको रहेछ भने त्यस्तो कसूरको समेत थप सजाय,
(घ) आपराधिक षडयन्त्र गर्ने कार्य पूरा भई नसकेको भएमा त्यस्तो कसूरमा हुने सजायको आधा सजाय ।
३४. कसूर गर्ने उद्योग गर्न नहुनेः (१) कसैले कुनै कसूर गर्ने उद्योग गर्न हुँदैन ।
(२) जुन कसूरको उद्योग भएको हो त्यस्तो कसूर हुन असम्भव भएमा पनि उद्योग गरेको मानिनेछ ।
(३) यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसूरको लागि तोकिएको सजायको आधा सजाय हुनेछ ।
३५. दुरुत्साहन दिन नहुनेः (१) कसैले कसैलाई कुनै कसूर गर्न दुरुत्साहन दिनु हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई कुनै कसूर गर्न उक्साएमा निजले दुरुत्साहन दिएको मानिनेछ ।
(३) दुरुत्साहन दिने व्यक्तिलाई यस संहितामा छुट्टै सजायको व्यवस्था गरिएकोमा सोही बमोजिम र नगरिएकोमा देहाय बमोजिम सजाय हुनेछ ः–
(क) दुरुत्साहन दिए बमोजिम कसूर भएको भए निज स्वयंले कसूर गरे सरहको सजाय,
(ख) दुरुत्साहन दिए बमोजिम कसूर भई नसकेकोमा सो कसूरका लागि तोकिएको सजायको आधा सजाय ।
(४) कुनै व्यक्तिलाई एउटा कसूर गर्न दुरुत्साहन दिएकोमा त्यस्तो व्यक्तिले त्यस्तो दुरुत्साहनको प्रभाव वा सम्भावित परिणाम स्वरुप कुनै अर्को कसूर गरेमा दुरुत्साहन दिने व्यक्तिलाई त्यस्तो कसूर पनि निज स्वयंले गरे सरह सजाय हुनेछ ।
३६. मतियार हुन नहुनेः (१) कुनै व्यक्ति कुनै कसूरको मतियार हुनु हुँदैन ।
(२) कुनै कसूर गर्ने नियतले त्यस्तो कसूर वा अन्य कसूर गर्न सहयोग पुर्याउने वा कसूर गरिसकेपछि कसूरदारलाई भगाउने, लुकाउने वा कसूर गर्न वा गराउन साधन उपलब्ध गराउने वा अन्य कुनै किसिमले सहयोग पुर्याउने व्यक्ति मतियार मानिनेछ ।
(३) मतियारलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) आपराधिक षड्यन्त्रमा संलग्न भई कसूर गर्ने, साधन वा ठाँउ उपलव्ध गराइदिने, जसको बिरुद्ध कसूर गरिएको हो त्यस्तो व्यक्तिलाई निजी रक्षाको अधिकारबाट बञ्चित गराउने वा कसूर गर्न आदेश वा सल्लाह दिनेलाई त्यस्तो कसूर निजले गरे सरहको सजाय,
(ख) खण्ड (क) मा लेखिएको बाहेक अन्य मतियार भए कसूर भए गरेको काममा निजको संलग्नताको मात्रा अनुसार त्यस्तो कसूर गरे बापत हुने सजायको बढीमा आधासम्म सजाय ।
३७ हदम्याद लागू हुने :- यस संहितामा कुनै कसूरका सम्बन्धमा व्यवस्था गरिएको उजुरगर्ने हदम्याद त्यस्तो कसूरको षड्यन्त्र, उद्योग, दुरुत्साहन वा मतियारको सम्बन्धमा समेत लागू हुनेछ ।
परिच्छेद – १३ गर्भ संरक्षण बिरुद्धको कसूर
मुलुकी अपराध संहिता, २०७४
१८८. गर्भपतन गर्न नहुनेः (१) दफा १८९ को अवस्थामा बाहेक कसैले गर्भपतन गर्न वा गर्भपतन गराउने नियतले वा गर्भ पतन हुन सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने कुनै काम गरी गर्भपतन गराउनु हुँदैन ।
(२) कसैले गर्भवती महिलालाई करकाप गरी वा धम्की दिई वा ललाई फकाई वा प्रलोभनमा पारी गर्भपतन गराउन हुँदैन ।
(३) उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) बाह्र हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद र दश हजार रुपैयाँँसम्म जरिबाना,
(ख) बाह्र हप्ताभन्दा बढी पच्चीस हप्तासम्मको गर्भ भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना,
(ग) पच्चीस हप्ताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना ।
(४) गर्भपतन गर्ने काम गर्दा तत्काल गर्भपतन नभई बच्चा जिउँदो जन्मी त्यस्तो कामको परिणाम स्वरुप जन्मिएको बच्चा तत्काल मरेमा यस दफाको प्रयोजनका लागि गर्भपतन गराएको मानिने छ ।
(५) कसैले कुनै गर्भवती महिलाको ज्यान लिने उद्योग गर्दा त्यस्ती महिला नमरी निजको गर्भमा रहेको पच्चीस हप्ता वा पच्चीस हप्ताभन्दा बढी अवधिको गर्भ पतन हुन गएमा सो काम गर्ने कसूरदारलाई यस संहिता वा अन्य कानून बमोजिमको सजायमा थप पाँच वर्षसम्म कैद हुनेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै गर्भवती महिला बिरुद्ध कुनै रिस इवीले कुनै काम गर्दा गर्भपतन हुन गएमा गर्भपतन गर्ने नियतले त्यस्तो काम गरेको रहेनछ भने पनि देहाय बमोजिमको सजाय हुनेछः–
(क) बाह्र हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद,
(ख) बाह्र हप्ताभन्दा बढी पच्चीस हप्तासम्मको गर्भ भए तीन वर्षसम्म कैद,
(ग) पच्चीस हप्ताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद ।
(७) कसैले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै काम गर्न वा गराउन र त्यसरी लिङ्ग पहिचान भएपछि गर्भपतन गर्न वा गराउनु हुँदैन ।
(८) उपदफा (७) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछः–
(क) गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि छ महिनासम्म कैद, र
(ख) लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई उपदफा (३) मा लेखिएको सजायमा थप एक वर्षसम्म कैद ।
१८९. गर्भ पतन गराउन सक्नेः दफा १८८ मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वास्थ्यकर्मीले देहायको अवस्थामा गर्भपतन गराएकोमा यस संहिता अन्तर्गतको कसूर भए गरेको मानिने छैनः–
(क) गर्भवती महिलाको मञ्जुरीले बाह्र हप्तासम्मकोे गर्भपतन गराएकोमा,
(ख) गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ती महिलाको मञ्जुरीले गर्भपतन गराएकोमा,
(ग) जवर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको अठार हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीले गर्भपतन गराएकोमा,
(घ) रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी.) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग शरीरमा भएकी महिलाकोे मञ्जुरीले गर्भपतन गराएकोमा ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “स्वास्थ्यकर्मी” भन्नाले निर्धारित योग्यता पुगी गर्भपतन गराउन इजाजत प्राप्त गरेको चिकित्सक वा स्वास्थ्यकर्मी सम्झनु पर्छ ।
१९०. हदम्यादः यस परिच्छेद अन्तर्गतको कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले छ महिना नाघेपछि उजुर लाग्ने छैन ।
महिला सशक्तिकरणका लागि कार्यरत विभिन्न संघसंस्था र तिनका परियोजनाहरु छन् ।
*महिला आर्थिक सशक्तीकरणका लागि विभिन्न संस्थाद्वारा परियोजना ।
*महिला सामाजिक सशक्तिकरणका लागि परियोजना ।
*महिला राजनैतिक सशक्तिकरणका लागि परियोजना ।
*महिला कानून सशक्तिकरणका लागि परियोजना ।
*महिला सांस्कृतिक सशक्तिकरणका लागि परियोजना आदि ।
सरकारले महिला उत्थानको लागि गरेको पहलहरु ।
*महिला आयोग
*प्रजनन स्वास्थ्यका लागि स्वास्थ्य सुविधा ।
*हरेक निकायमा ३३% महिला सहभागिता नीति
*महिला तथा बालबालिका कार्यालय
*महिला विकासका लागि विभिन्न नीति तथा कार्यक्रम
महिलाहरुलाई धर्मले उच्च स्थान दिएकै छ ।महिलाले आफ्नो इच्छा अनुसार नोकरी वा पेशा गर्न पाएकैछन् । उनका हक अधिकार शुनिश्चित गर्न गराउन विभिन्न ऐन कानूनको व्यवस्था छदैंछ । महिलाहरुको सशक्तिकरणका लागि संघसंस्था खोलिएकैछन् । सरकारले महिलाहरुका लागि विभिन्न पहल थालेकैछ । सार्वजनिक बसहरुमा महिला सिट दिएकैछ । कुनै ठांउमा लाइन लाग्नुपर्दा लेडिजफर्स्ट भनेकै हुन्छ (उदाहरण ः कुनै पार्टीमा खानाको लाईन)। गाडी चढेर कतै घुम्न जादां गाडीको ढोका खोलि बस्नुस् भनेकै हुन्छन् । आखिर यति सब हुदांहुदैं महिलाहरु किन असन्तुष्ट छन् त किन पुगेको छैन् के पुगेको छैन् अब आखिर महिलाहरुलाई सन्तुष्ट बनाउन के गर्नुपर्छ त ?
हो यही प्रश्न कुनै महिलाई गर्नुहोस् हेर्नुस महिलाको जवाब के आउंछ ।
महिलाका त्यति थोक कष्ट नगर्नुस् , उसलाई सार्वजनिक बसमा महिला सिट नदिनुस् । लेडिजफर्स्ट नभन्नुस् । नखोल्नुस् गाडीका ढोका ।
तर यति मात्र गरिदिनुस् ।
तपाईले आफ्नो सन्तानलाई यस्तो नैतिक शिक्षा दिनुस् कि कुनै महिला बुहारी र पत्नी बनेर आउंदा उसंग अनैतिक व्यवहार नगरियोस् उमाथि कुनै खाले हिंसा न गरियोस् । ऊ तपाईको घरमा सुरक्षित र सम्मानित सदस्य भइ बाच्न सकोस् । उसलाई दाईजोका लागि न जलाईयोस् ।
सन्तानलाई यो कुरा सिकाउनुहोस् कुनै महिला आफ्नो कामले घरबाट बाहिर उसमाथि यौनदुर्व्यहारका नगरियोस् ।
एउटी महिला आफ्नो परिवार पाल्न घरबाट नोकरी गर्न निस्किदां कार्यस्थलमा उसलाई हत्तोसाहित र निराश न बनाईयोस् । उसको कामको आलोचना नगरियोस् । उसलाई मजाकको पात्र नबनाईयोस् । उसको कार्यकुशलता अनुसार नै उसको पदोन्नति होस् ।पदोन्नतिकै लागि उनको अस्मितासंग खिलवाड़ नगरियोस् ।
कुनै महिला आफ्नो इच्छा अनुसार कुनै राजनीतिक दलसंग आबद्ध हुदां वा उच्च पद प्राप्तिका लागि उसलाई अनैतिक सम्बन्ध बनाउन मजबूर तथा विवश नबनाईयोस् ।
बरु महिलाका हकमा थप नीति अहिले नबाउनुहोस् तर भएका कानूनको पालना र कार्यान्वयन गर्न र कार्यान्वयन हुन सक्ने वातावरण तयार पारियोस् ।
गर्भमा रहदां आफ्नो रगतबाट हुर्काउने आमालाई वृद्धाआश्रम नपठाईयोस् ।
विद्मालय एक पवित्र स्थल हो र एक बालिकालाई त्यो पवित्र स्थलमा अपवित्र नबनाईयोस् ।
महिलालाई दान(कन्या दान) गर्नुको सट्टा उसलाई शिक्षा दान दिईयोस् ।
महिलाको हकमा योजनाकार नभइ महिलाका योजनालाई स्वीकार गरियोस् ।
उसले कसरी हिड्ने कति बोल्ने कति हास्ने कति कुरा गर्ने सुझाव नदिई परिवार, समाज र देशहितका लागि उसले दिईएका सुझाव अवलंबन गरियोस् ।
बरु गाडीको ढोका नखोल्नुस् तर महिलाको अस्तित्व स्वीकार गर्न र उसलाई सम्मान गर्न हृदयको ढोका अवश्य खोल्नुस् । महिलाको सफलतालाई आफ्नो हार (पराजय) नठान्नुस् ।
महिलालाई मात्र कामदार न भएर सहयात्री मान्नुस् । महिलालाई मनोरंजनको सामान नभई मानसम्मानको पात्र भनी इज्जत गर्नुस् ।
अन्तमा यति मात्र भन्नुछ कि “अब यति मात्र गरिदिनुस् कि कुनै महिला कार्यालय, घर वा सार्वजनिक स्थानमा एक्लै हुदां उसलाई डर नलागोस् तपाई (पुरूष) संग ।”








