नेपालमा भारतीय च्यानल बन्द गरिएका छन् । नेपाल र नेपालीविरुद्ध जथाभावी कथा रच्दै प्रशारण गर्दै आएका भारतीय न्यूज च्यानलहरु बन्द गरिएका हुन् । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेको जनाएका छन् ।
वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको जानकारी दिए । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेकोका छन् । पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको हो ।








