
बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७७र७८ बजेट तथा कार्यक्रम आज गाउँसभामा प्रस्तुत गरेको छ ।
बुधवार गाउँसभामा जानकी गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि अनुमानित ५९ करोड ५६ लाख ८२ हजार ८० रुपैयाँको बजेट प्रस्तुत गरिन् । कुल बजेटको चालु तर्फ ४२ करोड ९४ लाख ३२ हजार अर्थात ७२।१० प्रतिशत रहेको छ । बजेटमा पुँजीगत तर्फ १६ करोड ६२ लाख ५० हजार ८० रुपैया अर्थात २७।९ प्रतिशत कुल बजेटको अंश रहेको छ ।
गाउँ सभामा असार ८ गते नीति तथा कार्यक्रम अध्यक्ष रामनिवास यादवले आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । उनले प्रस्तुत गरेको नीति कार्यक्रम सर्वसम्मत रुपमा सभाले पारित गरेको जानकारी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।
नीति तथा कार्यक्रम पारित भएपछि नीतिगत व्यवस्था अनुसारनै आज १० गते सम्म बजेट प्रस्तुत गर्नु पर्ने स्थानीय तह संचालन ऐन, कार्यविधिले प्रष्ट उल्लेख गरेकोले आज बजेट प्रस्तुत गरिएको खत्रीले जानकारी दिए ।
गाउँसभामा प्रस्तुत गरिएको बजेटलाई विषयगत र नीतिका आधारमा विनियोजन गर्नका लागि निरन्तर रुपमा कार्यपालिका सदस्य तथा सभाका सदस्यले छलफल र विनियोजन कार्य सम्पन्न गर्ने अवधि असार मसान्त सम्मको समय हुने भएको सो कार्यक्रम काम गर्ने गरिन उनको धारणा थियो । बजेट जनुखी नीतिले अवलम्बन गरे अनुसारका क्षेत्रमा गहन रुपमा विनियोजन गरेर मात्रै बजेट पारित गरिने गाउँपालिका अध्यक्ष एवम् सभाका अध्यक्ष यादवले जानकारी दिए ।
(हेर्नुस् भिडियोमा जानकीको गाउँसभा)








