९ हजार नाघे संक्रमित

नेपालमा कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

आइतवार सबैभन्दा धेरै अर्घाखाँचीमा ७४ संक्रमित थपिएका छन् । यस्तै, सिराहाका ५२ जना, डडेलधुराका ४१, डोटी र कैलालीका २७र२७ जना, कपिलवस्तुका २५, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २० तथा स्याङ्जा र दाङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि आइतवारनै भेरी अस्पतालले पछिल्लो ४८ घन्टामा करीब २५० नमुना परिक्षण भएकोमा संक्रमण पुष्टि भएको जनाएको छ । त्यसमध्ये ७ जनामा पोजेटिभ अर्थात् कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।
पुलिंग (Pooling ) मेथडबाट गर्दा कुनै पुलमा पोजेटिभ देखिएमा प्रत्येक नमुना पुनः परिक्षण गर्नुपर्ने हुँदा केहि ढिलो हुने गरेको समेत जानकारी भेरी अस्पतालले दिएको छ । संक्रमित ७ मध्ये एकजना जानकी ३ का ५० वर्षीय पुरुष सहित बाँकेका एक, बर्दियाका तीन र रोल्पाका तीन जना छन् ।

प्रतिक्रिया

प्रतिक्रिया