बाँकेमा बिहीबार थप तीन जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जका अनुसार, नेपालगन्ज, खजुरा र नरैनापुरका एक जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, मेडिकल कलेजमा उपचाररत लम्कीका १ जनाको मृत्यु भएको छ । बिहीबार अस्पतालले दिएको जानकारी अनुसार, बर्दियाका ३ र दैलेखकका एक जनामा कोभिड पुष्टि भएको छ ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका एक जनाको मृत्यु भएको छ । टाउकोमा चोट लागेर उपचाररत लम्कीकी मृतक महिलामा कोरोना पुष्टि भएको छ ।









