प्रदेशको राजधानी टुंगो यसै वर्ष

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ को राजधानीको टुंगो आगामी आर्थिक वर्षमा लगाइने घोषणा गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले अर्थ मन्त्रालयको समेत जिम्मेवारी निर्भाह गर्दै प्रदेश सभामा बजेट पेश गरिरहँदा राजधानीको टुंगो आगामी आर्थिक वर्षभित्र लगाइने घोषणा गरेका हुन् ।
नेपालगन्ज कोहलपुरमा विद्युतीय बस सञ्चालनको काम पनि शुरु गरिने, महेन्द्र नगरस्थित प्रशिक्षण केन्द्रको स्तरोन्नती, नेपालगन्जस्थित फरेन्सिक ल्याबको स्तरोन्नती, शम्शेरगन्जस्थित विपद् प्रतिकार्य तालिम केन्द्रको विकास लगायतका घोषणा प्रदेश सरकारको बजेट कार्यक्रममा परेको छ ।
प्रदेश ५ सरकारले बाँकेको खजुरामा प्रादेशिक विश्वविद्यालय निर्माण गर्ने घोषणा पनि गरिएको छ । अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा बजेट पेश गर्दै खजुरामा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने बताएका हुन् ।
खजुराले आफ्नो पालिकाभित्र प्रादेशिक विश्वविद्यालयका स्थापनाका लागि एकसय विगाह जग्गा घोषणासँगै आवश्यक प्रक्रिया अगाडी बढाएपछि प्रदेश सरकारले घोषणा गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया