कोरोना कहरले डरलाग्दो संकेत दिइरहेको छ । सोमबार ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।
सहरमा लकडाउन खुकुलो भएसँगै तथ्यांकले उकालो चढ्ने क्रम रोकिएको छैन ।
कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।
सबैभन्दा डरलाग्दो गरि कर्णालीमा संक्रमणको तथ्यांक बाहिर आएको छ । कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सोमबार ११० जना संक्रमित थपिएसँग कर्णाालीमा संक्रमित संख्या एक हजार ७७ पुगेको हो ।
सोमबार एकै दिन दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् । नौमुले वडानम्बर १ मा मात्रै दुई वर्षदेखि ५४ वर्षसम्मका ४६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये एकजना महिला हुन् ।
यस्तै नौमुलेकै वडानम्बर ७ मा दुई महिलासहित १५ जना, ८ मा १० पुरुष, ६ मा ७ जना पुरुष, ४ मा चारजना पुरुष, २ र ३ मा दुईरदुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
दैलेखकै दुल्लु नगरपालिका(१ मा एकजना युवक र नारायण नगरपालिका ३ र ४ नम्बर वडामा थप ३ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतमा नयाँ थपिनेमा पञ्चपुरी नगरपालिकामा एक महिलासहित ८ जना, बराहताल गाउँपालिकाका ३ जना, चौकुने गाउँपालिकाका ३ जना, लेकबेसी नगरपालिकाका चारजना र सिम्ता गाउँपालिकाका एकजना पुरुष रहेका छन् ।
नेपालगन्जस्थित भेरी अस्पतालको ल्याबमा परीक्षण गरिएका मथ्जय पछिल्लो २४ घण्टामा २४ जना नयाँ संक्रमित पुष्टि भएका छन् ती मध्ये एक् जना नेपालगन्ज १४ का ४३ वर्षीय पुरुषसहित ५ जना बाँकेका, १६ जना बर्दिया र तीन जना प्यूठानका छन् ।








