संक्रमित संख्या ३७६२ पुग्यो

संक्रमित संख्या ३७६२ पुग्यो, थप ३ सय १४ जनामा कोरोना संक्रमण

सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । नयाँ तथ्यांकमा बाँकेको जानकीमा एक जना थप भएका छन् । सोमबार बाँके र बर्दियामा गरी १९ कोरोना पोजेटिभ थपिएका छन् । भेरी अस्पताल नेपालगन्जले बाँके जानकीमा १ र बर्दियाका १८ मा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया