नेपालगन्जलाई यसअघि घोषणा गरिएको निषेधित क्षेत्र भोलिबाट दिउँसो केही खुकुलो हुने भएको छ ।
अत्यावश्यकीय सामाग्री खरिदका लागि ११ बजेदेखि ३ बजेसम्म निषेधित क्षेत्र केही खुकुलो बनाउने जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहीबार भएको सर्वदलीय, सर्वपक्षीय बैठकले निर्णय गरेको हो ।
लकडाउनलाई भने कडाईका साथ लागु गरिने भएको छ । लकडाउनका बेला जिल्ला प्रशासनले जारी गरेको पास बाहेकका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिने भएको छ । लकडाउन तथा निषेधित क्षेत्रका बेला विना काम हिड्ने विरुद्ध प्रहरीले कडा कारवाही गर्ने भएको छ ।








