खजुरालाई स्वास्थ्य सामाग्री

बाबटिस्ट मेडिकल एण्ड डेन्टल मिसन इन्टरनेसनल बिएमडिएमआइले बाँकेको खजुरा गाउँपालिकालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । खजुरा गाउँपालिकामा पुगेर आज आइतवार १ नम्बर पिपिइ २५ थान, २ नम्बर पिपिइ ७५ थान, थर्मल गण ४ थान, एन ९५ मास्क ५० थान र सामान्य मास्क १५० थान प्रदान गरेको हो । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले स्वास्थ्य सामाग्री बुझ्दै सो सामाग्री उपयुक्त ठाउँमा प्रयोग गरिने बताए ।

प्रमुख कक्षपतिले अधिकांश सामग्री आइसोलेसन अस्पतालमा प्रयोग गरिने बताए । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहदुर केसी, योजना अधिकृत दिल बहादुर पौडेल , स्वास्थ्य शाखा प्रमुख पुर्ण खड्का, नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीको सहभागिता रहेको कार्यक्रममा बिएमडिएमाआइका बिनोद ले सो सामग्री हस्तान्तरण गर्दै सही सदुपयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया

प्रतिक्रिया