सुप्रिया शर्मा
कसरी बयान गरु तिमले आफ्नो संन्तानको लागि कति दुःख र पिडाहरु सहेको आमा
यि शब्द र कुराहरु मैले पहिले पनि धेरै भनि सकेको छु तिम्रो बारेमा आमा
तर आज लाग्दै छ , यि शब्द र कुराहरुमा धेरै अमुल्य शब्दहरु छुटाएको रहेछु आमा
म साचिकै बयाननै गर्न सक्दिन तिम्रो माया र ममता आमा
यो कुरा मैले तेती खेर थाहा पाए जब म स्वयम आमा बनेको छु
हे आमा म तिमीलाई कोटि कोटि नमन गर्न चाहन्छु
तिमीले यो संसार देखायौ मलाई
थाहा छ मलाई म तिम्रो पेट मा हुदा तिमलाई कति गा्रहो भएको थियो
कति पिडा सहन गरेउर कति रात सुत्न न सकेर जागेर नै रात कटायौ
हो आमा अझै नजिकबाट तिमले सहेका पिडाहरु बुझदै छु
किनकी म आज आफै आमा बनेकी छु
म पेटमा भएको थाहा पाउने दिन बाट नै तिमले मलाई कति धेरै माया गर्न थालेउ
सबै कुरा बिर्सी म पेटमा भएको आज एति दिन भयो आज एति हप्ता भयो र आज एति महिना भयो दिन गन्दै म बाहिर आउने त्यो पल कुर्दै बस्थेउ
जुन दिन तिमलाई सन्चो हुन्थेन त्थो दिन तिमी यहि भन्थेय
हे भगवाल मेरो बच्चालाई केई न होस
तिमी भन्थेउ म तिमलाई केहि हुन दिन्न म तिमलाई धेरै माया गर्छु
जुन दिन म तिम्रो पेटका चलेको तिमले थाहा पाउथेनौ त्यो दिन पनि तिमले धेरै तनाउ लिन्थेउ
र पक्कै पनि डाक्टरलाई पनि देखाउन गएको होलाउ
कतै मेरो बच्चा लाई केहि त भएन यो सोचेर तिमी कती रोयौ
हो आमा आज म नजिन बाट तिम्रो पिडाहरु बुझदैछु
किनकी आज म आफै आमा भएको छु
नौ महिना सम्म कति असहनिय पिडाहरु सहेउ
बाटोमा ठेस लाग्दा पनि मेरो बच्चा तिमी ठिक त छौ
मलाई माफ गर म तिम्रो राम्ररी ध्यान राख्न सकिराको छैन पनि भन्थेउ
हो आमा तिम्रो माया अझ नजिक बाट बुझदै छु
किनकी आज म आफै आमा भएकी छु
अझ के बयान गरु त्यो बेथाको जुन दिन यो संसारमा तिमले मलाई जन्म दिदै थियौ
बयान गर्न न सक्ने पिडा सहेर तर पनि खुसि खुसि यो संसार मा तिमले मलाई लेर आयौ
ओ आाम तिमी कति महान छौ छैन तिमी जस्तो कुनै पनि नाता जस्ले निस्वार्थ माया गरोस
तेसैले हे आमा म आफ्नो सानो मुखबाट कसरी गरु तिम्रो महानता को बयान
तिम्रो ममता को अगाडि मान्छु म यो संसारको सबै भन्दा ठुलो तिमी नै हो मेरो भनवान











