नेपालमा ३० पुगे कोरोना संक्रमित, एकैदिन १४ थपिए

नेपालगन्जमा शुक्रबार मात्रै १४ जना कोरोना संक्रमित थपिएका छन् । पहिलो पटक एकै दिन यति ठूलो संख्यामा कोरोना पोजेटिभ थपिएका हुन् । अब नेपालमा कोरानो संक्रमितको संख्या ३० पुगेको छ ।


स्वास्थ्य मन्त्रालयले उदयपुरमा १२ र चितवनमा २ जना थपिएको पुष्टि गरेको छ । मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा शुक्रबार साँझ अध्यवाधिक गरेको तथ्यांकअनुसार यसअघिका १६ गरी नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।


मन्त्रालयका अनुसार चितवनमा पुष्टि भएकामा एक २७ वर्षीय र ६३ वर्षीय पुरुष छन्। उदयपुरमा संक्रमण पुष्टि भएकामाहरुमा पनि सबै पुरुष नै छन् । उनीहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया