बाँकेका चार ठाउँमा हेल्प डेस्क, आवतजावतमा कडाई गरिने

कोरोना विरुद्ध सचेतना अपनाउन बाँकेका चार ठाउँमा हेल्थ डेस्क राखिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा नेपाली सेना, डिओसी र स्थानीय तहको सहयोगमा सुरक्षा दृष्टिकोणले चार ठाउँमा स्वास्थ्यकर्मीसहितको हेल्प डेस्क सञ्चालनमा ल्याइएको हो ।


हेल्प डेस्कबाट अनावश्यक सवारीआवतजावतमा कडाई गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

कुसुम बजार, मान खोला नजिक (सम्झना चोक), कोहलपुर चौराह चोक, धम्बोझि चोकमा हेल्थ डेस्क राखिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया