राहत बितरणमा पहुँचवाला हावी …? द्वन्द्व पीडित भोकै पर्ने अवस्थामा

द्धन्द्ध पीडितको कारुणिक बेदना

पेन्सन थाप्ने, निर्वाचनमा उम्मेदवार, घरभाडा बुझ्ने ३ तला घर भएका ब्यक्तिले राहत पाए । हामीलाई हातमुख जोडेने गाह्रो । कोठा भाडामा बसेर घुम्टीमाी सानो पसल संचालन गरेर जनतन जीवन गुजरा गर्ने ब्यक्तिहरु अहिले लक डाउनको अवस्थामा मर्कामा परेका छन् । द्धन्द्ध कालमा श्रीमानको हत्या भएकी कमला पन्त कुवर नेपालगंजको बसपार्क लाईनमा सानो घुम्टी पसल गरि जसो तसो गुजारा चलाउनु भएको थियो । तर लकडाउनका कारण घुम्टी पसल चलाउन नपाउदा दैनिक हातमुख जोड्न समस्या परेको पीडित पन्तले बताउनु भयो ।

वडाले पेन्सन थाप्ने, निर्वाचनका उम्मेदवार, घरभाडा बुझ्ने ३ तला घर भएका ब्यक्तिलाई राहत दियो । हामी दैनिक काम गरेर खानेलाई दिएन । राहतमा आफ्ना मतदाता, राजनैतिक पहुँच भएका ब्यक्तिले पाएर खास लक्षित बर्गले अझै पाउन नसकेको पीडितको गुनासो रहेको छ ।

स्थानिय सरकारले नागरिक हेरेर, मतदाता नामावली हेरेर मात्रै होईन की द्धन्द्ध पीडित, बर्तमान अवस्थाका कारण हातमुख जोड्न समस्यामा परेका ब्यक्ति, भाडामा बस्ने बर्तमान अवस्थामा कुनै आम्दारीको श्रोत नभई खानपानमा समस्या परेका ब्यक्तिलाई पनि राहत सहयोग हुनु पर्ने प्रभावितहरुको भनाई रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया