उच्च अदालत नेपालगंज तुल्सीपुर नेपालगंज इजलासले विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनो भाइरस (९अयखष्म ज्ञढ० रोगबाट संक्रमित व्यक्तिहरुलाई उपचार तथा राहत प्रदान गर्ने सन्दर्भमा नेपाल सरकारद्धारा स्थापना भएको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ ।
अदालतका बरिष्ठतम माननीय न्यायाधीश श्री पवनकुमार शर्मा न्यौपानेज्यूको अध्यक्षतामा बुधवार बसेको पूर्ण बैठकबाट अदालतमा कार्यरत न्यायाधीशज्यूहरुको मासिक सुरु तलव स्केलको ७ दिन रा.प द्बितिय तथा तृतिय श्रेणीमा कार्यरत अधिकृतहरुको सुरु तलव स्केलको ५ दिन र रा.प अन श्रेणी एंवम श्रेणी विहिन कर्मचारीहरुले पाउने सुरु तलव स्केल ३ दिन वरावरको रकम कट्टी गरी राष्ट्रिय वाणिज्य वैकमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको खाता नं. १९६०००००११०१ मा रकम जम्मा गराउने निर्णय गरेको अदालतका सुचना अधिकारी मुन्ना सिंह क्षेत्रीले जानकारी दिनु भयो ।
नेपालगंज उच्च अदालतमा हाल अदालतमा हाल वरिष्टतम माननीय न्यायाधीश पवनकुमार शर्मा न्यौपाने, श्री हेमराज पन्त, गोकर्ण डांगी, विमल सुवेदी र राजेशकुमार काफ्ले गरि पाँच न्यायाधीश र रजिष्टार, अधिकृत लगायत झण्डै ५५ कर्मचारी कार्यरत छन् ।











