मणि गैेह्रे
विश्वमा फैलिएको कोरानो सक्रमणको समयमा सरकारले लग डाउन गरेपछि उक्त समयमा विपन्न तथा ज्यालादारी खानेहरुको लागि समस्या परेपछि जिल्लामा हालसम्म ५ करोड ६४ लाखको राहत कोष स्थापना गरिएको छ । सो रकम जिल्लाका १० वटै पालिकाले बनाएको राहत कोष हो । सो कोषबाट २२ हजार बिपन्न पविारलाई राहत बाड्न लागिएको हो । लगातार दुई साता देखि जारी लक डाउनका कारण बिपन्न परिवार मारमा परे पछि उनीहरुलाई राहत दिन कपिलवस्तुमा पालिकाहरुले धमाधम राहत कोष खडा गरेका छन् । राहत बितरणका लागि जिल्लाका १० वटै पालिकाले कोष खडा गरेर राहत बितरण कार्यबिधि बनाएका छन् ।
सबै पालिकामा बिपन्न परिवारको लगत संकलन भई सकेको छ । एक दुई दिनभित्र राहत बितरण गर्ने गरी पालिकाहरुले तयार गरेका जनाएका छन ।केहीपालिकाहरुले राहतवितरण कार्य सूरु पनि गरिसकेका छन् । पालिकाले तय गरेको कोषमा निजी क्षेत्र तथा अन्य गैर सरकारी निकायहरुलाई सहयोग गर्नको लागी पालिकाहरुले सबैलाई अपिल समेत गरेका छन् ।











