नेपालमा कोरोना संक्रमित भेटिएकी किशोरीसँगै हवाई यात्रा गरेका बाँकेका दुई जना युवालाई महेन्द्र बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनमा पुर्याइएको छ । गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ वर्षीया ती किशोरीसंगै आएका चार जनाको प्रहरीले पहिचान गरेपछि दुई जनालाई क्यारेन्टाइनमा ल्याइएको हो । किशोरीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि सोही उडानमा रहेका बाँकेका चार जनाको खोजी गर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएलगत्तै दुई जनालाई फेला पारि क्वारेन्टाइनमा राखिएको बाँके प्रहरीले जनाएको छ ।
एक जना नेपालगन्ज आउने बित्तिकै भारत पसेको बुझिएको छ, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जयसपुर नजिकैको पहचान भएका उनी खोज्दै पुगेको प्रहरी खाली हात फर्किएपछि नेपालगन्ज न्यूजसँग भने । १५८ मध्ये जानकी ३ साई गाउँका एक युवा र बैजनाथ वनकटवाका अर्का एक जनालाई प्रहरीले एम्बुलेन्समा हालेर नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो । दुबै जना कतारमा मजदुरी गर्थे ।
त्यसंसगै क्याम्पस क्वारेन्टाइनलाई आवश्यक पूर्वाधार थप्न लागिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलका अधिकारीहरु त्यसका लागि स्थानीय सरकारको सहयोगमा जुटेका हुन् । पूर्वाधार अभावमा क्वारेन्टाइन बस्न नमानेपछि चिकित्सक सहितको क्वारेन्टाइन पूर्वाधार बनाउन लागिएको हो ।








