अवैध मदिरा विरुद्ध कारवाही

आन्तरिक राजश्व कार्यालय नेपालगन्जको टोलीले अवैध मदिरा विरुद्ध कारवाही गरेको छ । संयुक्त बजार अनुगमनका क्रममा फेला परेको अवैध मदिरा टोलीले नष्ट गरिदिएको हो ।

आन्तरिक राजश्व कार्यालयका कर अधिकृतहरु, जिल्ला प्रहरीको टोली सहितको संयुक्त अनुगमन टोलीले नेपालगन्जको जमुनाहको केही स्थानमा अवैध मदिरालाई लक्षित गरी अनुगमन गरेको थियो । त्यसक्रममा टोलीले ३० लिटर तयारी घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिएको भाडा, अवैध मदिरा बनाउन प्रयोग हुने २ सय ४० लिटर कच्चा पदार्थ जफत गरी नष्ट गरेको छ ।

आन्तरिक राजश्व कार्यालयले अवैध मदिराले राजश्वमा समेत क्षति पुग्ने भएकाले त्यसविरुद्धको अभियानलाई निरन्तरता दिने जनाएको छ । ‘अवैध मदिराको उत्पादन एवं कारोबार नियन्त्रण गर्नका लागि निरन्तर अनुगमन गरिनेछ’, प्रमुख कर अधिकृत प्रकाश पौडेलले भने ।

प्रतिक्रिया

प्रतिक्रिया