सन् १९३९ को अंगे्रजी ‘फिल्म लभ अफेयर’ सँग मिल्दो जुल्दो एउटा हिन्दी चलचित्र बन्यो ‘मन’ । १९५७ मा बनेको अंगे्रजी फिल्म ‘अन अफेयर टु’ रिमेम्बर पनि ‘मन’को पृष्ठभुमि भित्र पर्छ । हिन्दी चलचित्र ‘मन’ लाई सन् १९९९मा इन्द्र कुमारले निर्देशन गरे । चलचित्रले राम्रै कमाइ र मनोरञ्जन दियो । नेपाली चेली मनिषा कोइरालाको भूमिकाले उतिबेला खुबै चर्चा बटुल्यो । तपाईं हामीले पनि सिनेमालाई मन परायौं ।


मुख्य भुमिकामा थिए देवकरण सिंह अर्थात अमिर खान र प्रिया बर्मा अर्थात नेपाली चेली मनिषा कोइराला । अनिल कपुर, रानी मुखर्जी र शर्मिला टैगोर जस्ता चर्चित पात्रहरुको समेत भुमिका रहेको हिन्दी चलचित्र ‘मन’ ले साँच्चिकै त्यतिबेलाका बलिउडका पारखीहरुको मन जितेको थियो । हिन्दी चलचित्र ‘मन’का बारेमा दूर्घटनाले निम्त्याएको परिस्थितिले डोर्यायो । त्यो त केवल अभिनयका लागि थियो तर यदि कसैको जिवनमा साँच्चिकै यही अवस्था आयो भने के होला ? हामी अनुमान पनि लगाउन सक्दैनौं ।


गएको मंंसिर २२ गते कोहलपुरमा दर्दनाक सडक दुर्घटना भयो, त्यसको शिकार स्कूल हिंडेकी बालिका प्रकृति चन्द भइन् । म दूर्घटना पछिको उत्पन्न अरु विषयमा प्रवेश गर्न चाहँदिन । मानवीय संवेदना नै गुमाउने गरी प्रकृति चन्दको दूर्घटनाको विषयमा अनेकौं कुराहरु आइरहँदा म उनको जीवन र भविष्य सुरक्षित रहोस भन्ने कामना गर्दै बसें । उक्त दूर्घटनाको विषयमा सम्प्रेषण भइरहेका समाचरले नागरिकको सूचना पाउने अधिकारका विषयमा हामी सबैलाई गम्भीर बनायो । सूचना र समाचारका विषयमा सुरक्षा निकाय र स्थानीय प्रशासन सम्पर्कमा आउन चाहँदैन थियो । घट्ना क्रमलाई नजिकबाट नियाँल्दा समाचारका विषयवस्तु निकै गम्भिर प्रकृतिका थिए । दूर्घटना र त्यसपछि उत्पन्न परिस्थितिले जनजिवनमा पारेको प्रभाव निकै संवेदनशील विषय थियो ।


अबोध बालिका जस्ले राम्रोसँग भविष्यको सपना पनि दख्न नसकेकी प्रकृतिका सपनाका क्यानभासमा भरिने रंगहरु रंगीन होउन् । ति रगंहरुमा दूर्घटनाका बाछिट्टा कतै नपरुन् । म यति मात्रै गर्न सक्ने कोटीमा पर्र्थें ।


पत्रकारिताको मुल्य मान्यतासँग कुनै पनि अवस्थामा सम्झौता नगरेर सञ्चार माध्यम अघि बढ्नु पर्ने अहिलेको आवश्यकता हो । अहिले समाचार पोर्टलहरुको भिडमा पत्रकारिता आफैमा चुनौतिपूर्ण हुँदै गइरहेको छ । सूचना र समाचारको स्थापित मान्यतालाई आत्मसाथ गर्दै नागरिकको सूसुचित हुने अधिकारका पक्षमा समाचार प्रकाशन गर्नु थप चुनौतिपूर्ण छ ।

कोहलपुरको त्यो सडक दुर्घटनाले हामी सबैलाई झक्झक्याइदियो । अनि दूर्घटनासँग सम्बन्धित समाचारका शिर्षक, गलत सूचना र अफवाहहरुले समाचार माध्यम र पत्रकारितालाई सत्य तथ्य समाचार र सूचना सम्प्रेषणमा देखिएको कमजोरीका श्रृखंलाहरुलाई फेरि नजिकबाट देखायो ।
मानिसको जिन्दगीका रंगहरु कतिबेला फेरिन्छन केही अनुमान लगाउन सकिंदैन भन्ने अनुभूति हुन थाल्यो । हातमा स्वीस कम्पनीका घडी पहिरिए पनि हामी नेपाली समय भनेर आँफैलाई पछि धेकेलिरहेका समाजका अवयव न हौं । तर मन यतिमा रोकिएन ।


जसरी हिन्दी चलचित्र ‘मन’की पात्र प्रिया बर्मा अर्थात नेपाली चेली मनिषा कोइरालाका सपनालाई चलचित्रमा जसरी देवकरण सिंह अर्थात अमिर खानले रंगीन बनाएका थिए । अबोध बालिका प्रकृतिका सपनाका रंगहरु फिक्का नपरुन् । परिवारजन प्रति पर्न गएको त्यो चोट र दूर्घटनामा परेकी वालिकाको अवस्था जो कसैले सहजै महसुस गर्नै सक्दैन ।
कुनै पनि सञ्चार माध्यम र उस्को टिमले समाचारका सूचना र त्यसलाई पुष्टि गर्न लाग्ने समयका विषयमा गम्भीर भएर लाग्नु पर्ने कुरामा विषेश जोड दिन जरुरी छ ।


सडक दूर्घटनामा परेकी प्रकृतिको स्वाथ्यलाभको कामना गर्दै उज्जवल भविष्यको कामना गर्न मैले मेरो मानवीय संवेदनालाई नगुमाउने प्रण गरें । दूर्घटना आँफैमा पीडादिने शब्द हो । म कसैगरी पनि प्रकृतिको जीवनका सपनाहरुलाई कम्जोर देख्दिन, म उनको आत्मबलको उच्च सम्मान गर्दछु । अहिले पनि मानसिक तनाव र शारिरीक पीडाबाट प्रकृति गुज्रिरहेकी होलिन् यसको भरपाई हामी कसैले कुनै पनि मुल्यमा गर्न सक्दैनौं । यसबीच काठमाडौंको वि एण्ड वि अस्पतालमा उपचार गराइरहेकी उनको स्वास्थ्य उपचारमा उल्लेख्य सुधार आएको छ ।


नेपालगन्ज र आसपासको सेरोफेरोलाई बिट बनाएर लामो समय देखि विभिन्न सञ्चार माध्यममा आवद्ध भई काम गरिरहेका पत्रकार यस्ता विषयमा गम्भीर रहनु पर्छ ।
आजको पत्रकारितामा ब्यवसायिकता र नैतिकता बडो संकटमा परेको देखिएको छ । सम्भवतः यो कुरामा दुईमत नहोला । पत्रकारिता त्यसमा पनि अनलाइन समाचार माध्यमको घट्दो विश्वसनियताको मझधारबाट समाचार पोर्टलहरु जति सक्यो टाढा रहनु पर्छ भन्ने मेरो मान्यता हो ।


वरपरको परिवेशले पार्ने प्रभावको विषयमा सचेत रहन सकिएन भने पत्रकार र सञ्चारमाध्यमको यात्रा कठिन हुन सक्छ । तर शुरुवात त कहिं कतैबाट गर्नै पर्नेहुन्छ । मानिसलाई बाँध्ने सबै भन्दा ठूलो बन्धन भनेको उस्को नैतिकता नै हो । अनि व्यवसायिक रुपमा स्थापित भएका मूल्य र मान्यताले नै भविष्यको बाटो निर्धारण गर्ने गर्दछ । त्यो सँगसँगै पत्रकारले ख्याल गर्नैपर्ने आचारसंहिता र देशको कानुन पनि हो ।


अभिनयमा कथाले मागेर दिएको हो, भने जस्तो होइन पत्रकारिता । समाचारमा विचार नहोस् अनि विचारमा स्वतन्त्रता हुनुपर्छ । सूचना, विचार, समाचार, मनोरञ्जन, तस्विर र खोजमूलक विषय प्रकाशन समग्रमा पत्रकारिता आफैमा एउटा जिम्मेवार पूर्वक गरिने उच्च कोटीको कर्म हो । त्यसैले त यो अघोषित रुपमा राज्यको चौथो अंग हो । सूचना, विचार, तस्विर र समाचारका लागी आगामी दिनहरुमा पाठकले विशवास गर्नेगरी सञ्चार माध्यमहरु प्रस्तुत हुन सक्नुपर्छ ।
लोकतन्त्र, मानव अधिकार,स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रता सहितको समृद्ध नेपालको यात्रामा सूचना, विचार, तस्विर र समाचारका साथमा विश्वसनियता महत्वपूर्ण पाटो हो ।
समाचार ब्रेकको दौड भन्दा पनि सत्य समाचारको खोजिमा स्लो समाचार सञ्चारमाध्यमको अबको पदचाप बन्नुपर्छ । प्राप्त सूचनालाई पुष्टि गर्ने आधारको खोजिमा सत्यको बाटोमा निष्पक्ष भएर अघि बढ्ने आत्मबल सञ्चार माध्यमका सञ्चालक, प्रकाशक, सम्पादक,संवाददाता र डेस्कमा रहनु पर्छ ।


दूर्घटना भएको यति दिन पछि मैले यो विषयमा लेख्नु कुनै महत्वको विषय नरहला । तर ब्रेकिंग न्युजको दौडमा कतै हामी आप्mनो धर्मबाट भागिरहेका त छैनौं ? अथवा सामाजिक सञ्जालमा अनलाइनको भ्युअर,लाइक बढाउने ध्याउन्नमा हामी कतै गैर जिम्मेवार त बन्दै छैनौं ? विश्वसनियता गुमाउँदै गइरहेका अधिकांश नेपाली सञ्चार माध्यमको यो कन्तविजोग नागरिकको सूसुचित हुन पाउने अधिकारलाई कम्जोर बनाउँदै लगेको अनुभव हुन्छ ।


अहिले नेपालगन्ज उद्योग वाणिज्य संघको चुनावको संघारमा छ । यतिबेला पनि सञ्चार माध्यम र पत्रकार फेरि विभक्त भइरहेका छन् । कतिपय सञ्चार माध्यमले एक थरिले चुनाव नै जितिसकेको र अर्कोथरीले चुनावबाट भाग्दै गरेको विषयलाई बडो जोडतोडले उचालिरहेका छन् । यो अवस्थाले के पत्रकारिताको धर्म र जिम्मेदारी यति नै हो त ? भन्ने सवाल खडा गरेको देखिन्छ । वास्तवमा समाचर प्रकाशन वा प्रसारण आफैमा गम्भिर विषय हो । जानेरै, बुझेरै र विभिन्न प्रभावमा गरिने यी र यस्ता कामले सञ्चार माध्यमको विश्वशनियता माथि नागरिकको विश्वास गुम्दै गइरहेको स्पष्ट देखिन्छ ।


त्यसैले खासगरी अनलाइन पत्रकारिता जो सहज रुपमा अहिले मानिसको पहुँचमा छ, यस्लाई विश्वसनिय बनाउँदै अघि बढ्नु पर्ने चुनौतिलाई पहिले पत्रकारहरुले नै महसुस गरौं अनि प्रकाशन र प्रशारणमा पनि जिम्मेवार बनौं भन्नु नै मेरो ध्येय हो । सञ्चार माध्यमलाई वस्तु जस्तै प्रयोग गर्नबाट जोगाउनु र विश्वसनिय समाचार प्रकाशन वा प्रशारण गर्नु पर्ने दायित्वबोध गरौं । स्मरण रहोस ः विश्व समुदाय अहिले ब्रेकिंग न्युजको दौडबाट मुक्त हुने प्रयासमा छ ।

प्रतिक्रिया

प्रतिक्रिया