खजुराको प्रचारप्रसार गर्दै यसलाई सबै हिसावले प्रतिष्पर्धी बनाउने सोच छ

तिलक वीर सुनार
संयोजक
मूल आयोजक समिति, खजुरा महोत्सव

खजुरामा महोत्सव किन आवश्यकता परेको ?
खजुरा क्षेत्र नेपालगन्जपछिको बाँकेको प्रमुख र पुरानो बजार क्षेत्र हो । बीचमा राज्यको नियतीका कारण ठगिन पुगेको छ, हामीपछि विकास भएको कोहलपुर कहाँ पुगिसकेको छ ? हामी भने अहिले झनझन पछि परिरहेका छौं । अब हामी पछी पर्ने भन्दा पनि खजुराको प्रचारप्रसार गर्दै यसलाई सबै हिसावले प्रतिष्पर्धी बनाउने सोच छ ।

महोत्सवको उद्देश्य के हो ?
खजुरा महोत्सवको मुख्य उद्देश्य सामाजिक सदभाव हो । कम्मर शाह बाबाको मजार अहिले पनि मुस्लिम र हिन्दु धर्मका मानिसको साझा आस्थाको केन्द्र हो । हामी खजुरालाई सामाजिक सद्भावको केन्द्र बनाउन चाहन्छौं । महोत्सवका माध्यमबाट खजुरालाई देश–विदेशमा चिनाउन चाहन्छौं । स्थानीय कला संस्कृतिको विकास पनि यसको एउटा पाटो हो ।

खजुरा महोत्सवका आकर्षणहरु के छन ?
खजुरा महोत्सवमा १५० स्टल रहनेछन् । जसमा १०० वटा ब्यावसायिकसहित, कृषि, थारुघर,जडिबुटी र कृषि तथा फुड स्टल छन् । महोत्सवमा महानायक राजेश हमाल, सिताराम कट्टेल (धुर्मुस) कुञ्जना घिमिरे (सुन्तली) प्रमोद खरेल, ज्योती मगर, बद्रि पंगेनी, शंकर बिसी, रमेशराज भटराई, चन्द्र शर्मा, नविन पौडेल, प्रिती आले, करिश्मा घर्ति,तृप्ती खडका,रुबिना अधिकारी, आरुसी मगर, मिरा गिरी, रेश्मा केसी लगायतको प्रस्तुती रहनेछ । यसैगरी साथमा आर्कषक बालउद्यान, कृषि प्रदशनी, शैक्षिक प्रदशनी पनि रहनेछन् ।

गाउपालिकामा महोत्सव सफल होला त ?
खजुरालाई राज्यले नगरपालिका घोषणा नगरेपनि देशको जुनसुकै नगरपालिका भन्दा कम सेवा सुविधा यहाँ छैन् । आर्थिक हिसावले पनि खजुरा पछाडी छैन । यो महोत्सवमा एकलाख बढिले अवलोकन गर्ने र डेढ करोड बढिको कारोबार हुने अपेक्षा छ ।

महोत्सवका लागि खजूराबासी कत्तिको उत्साहित छन् ?
महोत्सवको आयोजक आधुनिक युवा सन्जाल भएपनि महोत्सव सम्पुर्ण खजुराबासीको हो । महोत्सव सफलताका लागि सम्पूर्ण खजुराबासीबाट सहयोग भईरहेको छ । अन्तिम सम्म पनि पूर्ण सहयोग प्राप्त हुने अपेक्षा छ ।

प्रतिक्रिया

प्रतिक्रिया