संयुक्त रुपमा राहत वितरण, के भन्छन् बाढीपीडित (भिडियो)

गत श्रावण २७,२८गते आएको भिषण बर्षाका कारण बाके जिल्लाका धेरै घरपरिवारको उठिबास भएको छ। उठिबास भएका घरपरिवारहरुलाई थोरै भएनी राहत मिलोस भन्ने उदेश्यका साथ बिहिवार बाके जिल्लाका बाढी पिडितहरुका लागी सहयोगार्थ तथा राहत वितरण कार्यक्रम जिल्ला सहकारी संघ बाके,नेपाल पत्रकार महासङ बाके, बार्दली फाउण्डेशन नेपालगन्ज,राष्ट्रिय सहकारी बैक लि कोहलपुर, नेफ्सकुन नेपालगन्ज र बाके जिल्लाका बिषयगत संघहरु बचत तथा ॠण बहुउद्देश्यीय साना किसान कृषि समूह लगायतका सस्थाहरुको संयुक्त सहयोगमा आज राप्तिसोनारी गाउपालिका वडा नम्बर ४ धामपुर ,लालपुर ,प्रशारामपुर का ३००घरपरिवारलाई राहत वितरण गरिएको थियो।

 

 

जिल्ला सहकारी संघ बाके द्वारा प्रत्येक घरपरिवारलाई दश किलो चामल, एकलिटर तेल, आधा किलो स्वाबिन, एक प्याकेट नुन, एक किलो दाल,साबुन सरफ आदि वितरण गरेको थियो र नेपाल पत्रकार महासङ बाकेले भुजा र दालमोठ र बार्दली फाउन्डेसनले ४०जना सुत्केरी महिला गर्भवती महिला तथा बालबालिका हरुको लागि कपडा वितरण गरेको थियो भने जिल्ला सहकारी संघले बाढिको कारण घर भत्किएर पहिरोले पुरिएका मृत्यक बालिकाका बुवा कमिलाल थारुलाई रु.३००००नगद सहयोग प्रदान गरेको थियो।

 

 

राहत वितरण कार्यक्रम जिल्ला सहकारी संघ लि.बाकेका अध्यक्ष प्रेम सुबेदीको अध्यक्षतामा र मध्यपश्चिम संचालक राष्ट्रिय सहकारी विकास बोर्डका देब बहादुर के सि को प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाकेका अध्यक्ष प्रेम सुबेदीले हरेक बर्ष बाढी पिडित भन्दै सहयोग गर्नु भन्दा त यसको रोकथाम र नियन्त्रणको बारेमा सरकार संघ सस्था र यहाका बासिन्दाले सोच्नु पर्ने र गहिरो ठाउलाई उच्च बनाएर घरहरु सुरक्षित ठाउमा बनाउन पहल र सहयोग गरेमा तिन बर्ष सम्म बाढिपहिरो लाई राहत दिने बिभिन्न संघ सस्था व्यक्ती राज्यको लगानिले यहाको बाढिग्रस्त बस्तिहरुलाई सबै मिलेमा व्यवस्थित गराउन सकिने कुरा बताउनु भयो।

 

राहत वितरण कार्यक्रममा साना किसान जिल्ला कृषि सहकारी कि अध्यक्ष एकता शाह, बहुउद्देश्यीय जिल्ला सहकारी संघ बाके अध्यक्ष भुपेन्द्र अधिकारी,महिला समाज सेवा बचत तथा ॠण सहकारी सस्थाकि अध्यक्ष मिना सिग्देल,बार्दली फाउन्डेसन नेपालगन्ज का अध्यक्ष भोजराज शर्मा,फाउन्डेसनकै ऋचा लुईटेल,नेकपा एमाले सचिवालय सदस्य सुर्य ढकाल,बिजया धितालको उपस्थिती रहेको थियो। यसैगरि आजै युवा संघ बाकेले पनि युवा संघ बाके का अध्यक्ष किशोर थापा र महासचिव कुश्माखर बस्याकको नेतृत्वमा राहत वितरण गरेको थियो।

 

 

प्रतिक्रिया

प्रतिक्रिया