नेपाली पर्यटन प्रवर्द्धनमा अमेरिकी संसद भोजानी

नेपाली समुदाय बिच लोकप्रीय अमेरिकाको टेक्सास राज्यका प्रतिनिधि सलमान भोजानीसँग एक विशेष अन्तरक्रिया कार्यक्रमको लागि आज शुक्रबार काठमाण्डौँ स्थित होटल हिमालयमा नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू उपस्थितिमा नेपाली संस्कृति र पर्यटन प्रवद्र्धनका लागि संसद भोजानीले चासो देखाएका छन् ।


उक्त कार्यक्रम मिशन इन्टरटेनमेन्ट र नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको थियो भने कार्यक्रमको संयोजकको रुपमा अमेरिकाबाट रोजर नेपाल र नेपालबाट बी.पी वाग्ले ले भूमिका निर्वाह गरेका थिए । साथै बिनोद पोखरेलले कार्यक्रम संचालन गरेका थिए ।


संसद सलमान भोजानिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरकृया कार्यक्रममा विशेष अतिथिहरु डा भोला रिजाल, सुरेश अधिकारी, दिपक समीर आचार्य, निर्मल कुमार थापा दिपक राई, पत्रकार जनक नेपाल लगाएत अन्य
सहभागीहरुले श्री भोजानीलाई नेपालको सुन्दर अनुभव लिन र त्यसलाई आफ्नो देशमा अनुभव बाड्न अनुरोध समेत गरेका थिए ।

भोजानीले केहि दिनमा सगरमाथा आधार शिविर र नेपालका अन्य ठाउँहरूको अन्वेषण गर्नेछन्। कार्यक्रममा नेपाल सेन्टर इन्टरनेशनलका अध्यक्ष निर्मलकुमार थापाले भोजानीलाई स्वागत गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धमा प्रकाश पारेका थिए ।
कार्यक्रमको मुख्य आकर्षण मिशन इन्टरटेनमेन्टद्वारा निर्मित नयाँ नेपाली पर्यटन सम्बन्धि बाल गीतको एनिमेटेड भिडियो “नेपाल हेर्न जाऔँ” सार्वजनिक गरिएको थियो, मिशन किड्स च्यानलमा सार्वजनिक हुने उक्त भिडियोमा डा. भोला रिजालले शब्द रचना, बी.पी. वाग्ले ले संगीत र भद्र ओली, सरगमश्री भट्टराई र विदित अधिकारीले उक्त गित गाएका थिए ।

यसका लक्षित दर्शक विश्वभरका बालबालिका हुन् । गीतले नेपालका विभिन्न ठाउँ घुम्न प्रेरित गर्छ । भिडियोमा एनिमेसनको अवधारणा विश्वव्यापी रूपमा स्वीकार गरिएको नवीनतम प्रविधिलाई स्वीकार गर्नु र बच्चाहरूलाई सिक्ने नयाँ तरिकाहरू अनुभव गर्न प्रोत्साहित गर्नु हो।

भोजानीलाई टेक्सासमा रहेका नेपाली समुदायसँग मिलेर काम गर्न सुझाव दिँदै डा. भोला रिजालले उपलब्धिको लागि बधाई दिँदै नेपाली संस्कृति, कला र पर्यटनलाई विश्वस्तरमा प्रवद्र्धन गर्न प्रोत्साहन गर्नु भयो ।

बरिष्ठ संगीतकार तथा म्युजिक रोयल्टी कलेक्शन सोसाइटी नेपालका अध्यक्ष सुरेश अधिकारीले नेपाली संगीतलाई टेक्सास मात्रै नभई अमेरिका र विश्वका अन्य धेरै ठाउँमा पनि प्रवद्र्धन गर्न मिलेर काम गर्न भोजानीलाई आग्रह गर्नुभयो ।


नेपाल टेलिभिजनका कार्यकारी कार्यक्रम निर्माता दीपक समीर आचार्य र अधिवक्ता दीपक राईले भोजानीलाई नेपाली समाजका विभिन्न पक्षहरूको परिचय संघै नेपाली संस्कृति र पर्यटनलाई विश्वव्यापीकरण गर्न यस्तै सामाजिक सद्भाव राख्ने
व्यक्तित्वको खाँचो रहेको जानकारी गराए ।


अन्त्यमा प्रमुख अतिथि सलमान भोजानीले साना साना कार्य देखि वकिल हुदै सफल व्यवसायिक आइकन र टेक्सास राज्यको प्रतिनिधि बन्ने सम्मको आफ्नो संघर्षका कथाहरू सुनाए। उनले चुनावी अभियानमा आफूलाई निस्वार्थ समर्थन र
भोट हाल्ने प्रदेशमा बसोबास गर्ने नेपाली समुदायलाई पनि धन्यवाद दिए ।

दशैं, तिहार, इद लगाएतका महत्वपूर्ण चार्डपर्वमा विद्यालयमा विद्यार्थिहरुका लागि परिक्षा संचालन गराउन नहुने कानूनी मान्यता दिलाउनु भयो ।

यसै गरि उहाँले नेपाली कला, संस्कृति, चार्डपर्वलाई जर्गेना गर्न महत्वपूर्ण भूमिका, केहि नेपाली
समुदायका बेरोजगारीका लागि समस्याहरु समाधान, नेपाली समुदायका वृद्ध वृद्धाहरुलाई भाषामा पर्न जाने समस्याको समाधानको लागि भाषा अनुवादकहरुको व्यवस्था लगाएतका चुनाव जितिसकेपछि टेक्सास राज्यमा नेपाली समुदायका लागी
उहाँले यस्तै अत्यन्तै राम्रो कार्यहरु गर्नु भएको छ ।

संसद भोजनीले अरु समुदाय झै नेपाली समुदायका हरेक समस्यालाई आफ्नो समस्या मानी सदैव आफ्नो व्यक्तिगत र राज्य सरकारको तर्फबाट सहयोग गरीरहेको जानकारी समेत गराए । यसैगरि भोजानीले प्रदेशमा नेपालको पर्यटन
प्रवद्र्धन गर्ने र विश्व स्तरमा रहेका नेपाली जनताको स्तर र जीवनशैली उकास्न समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया