जुडो सुरु, फेन्सिङ्ग सकियो, हक्कीको सेमिफाइनल

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६ औं राष्ट्रिय जुडो प्रतियोगिता सुरु भएको छ । आइतबार नेपालगन्जको कारकाँदो स्थित नवनिर्मित जुडो हलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले प्रतियोगिताको समुद्घाटन गरेका हुन् । प्रतियोगिताको पहिलो दिन प्रहरीकी मनीता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् । महिला ५७ केजीमुनि फाइनलमा मनीताले प्रदेश ३ की कविता नेपालीलाई पराजित गरिन् । प्रदेश ३ की देवकीमाया श्रेष्ठ र गण्डकीकी सुमी थापा तेश्रो भए । महिला ४८ केजीमुनि प्रदेश ५ की सोनिया भट्टले एपीएफकी धनदेवी रोकायालाई हराउदै पहिलो भइन् । प्रदेश ५ की सारदाकुमारी खत्री र प्रहरीकी रत्ना तामाङ तेश्रो भए । ७० केजीमुनि प्रहरीकी निशा चौधरी पहिलो भइन् । फाइनलमा निशाले आर्मीकी विनिता मगर खत्रीको चुनौती पन्छाइन् । प्रदेश ३ की रञ्जना खड्का तथा आर्मीकी रचना श्रेष्ठ संयुक्त रुपमा तेश्रो बने ।

 
पुरुष ६० केजीमुनि प्रहरीका उमेर मगरले बाजी मारे । उनले फाइनलमा आर्मीका कर्मा तामाङलाई पन्छाए । एनआरएनका मोहन बम तथा प्रहरीका सुदेश दोङले तेश्रो स्थानमा चित्त बुझाए । ६६ केजीमुनि फाइनलमा प्रहरीका इन्द्रबहादुर श्रेष्ठले प्रदेश ३ का सुनील नगरकोटीमाथि जित दर्ता गर्दै स्वर्ण जिते । एपीएफका निर्दोष चलाउने तेश्रोमा सीमित भए ।
पुरुष ८१ क्ेजीमुनि आर्मीका पवनकुमरा श्रेष्ठ तथा १०० केजीमाथि प्रहरीका राजन जोशीले पहिलो स्थान कब्जा गरे । फाइनलमा पवनले प्ररहीका मनीष महतो तथा राजनले प्रणितसिंह ठकुरीलाई पाखा लगाए । ८१ केजीमा एपीएफका लेलिन डंगोल र प्रदेश २ का गुड्डुकुमार सकानु तथा १०० केजीमाथि सुदूरपश्चिम प्रदेशका आशिष ओझा तेश्रो स्थानमा रहे ।

त्यस्तै, नेपालगन्जमा जारी चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगिता आइतबारबाट सकिएको छ । नेपाल आर्मीको टोलीले उपाधी उचाल्दै फेन्सिङ सकिएको हो । ६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी समग्रमा च्याम्पियन बन्यो । दोश्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कांस्यसाथ प्रदेश ३ ले तेश्रो स्थानमा चित्त बुझायो । प्रदेश १ ले ५ रजत, प्रदेश ४ ले २ रजत र सुदूरपश्चिम प्रदेशले १ कांस्य हात पार्दै क्रमशः चौथोदेखि छैटौं स्थानमा यात्रा टुङ्ग्याए ।

 
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपालगन्ज रंगशालाको कभर्डहलमा चैत २८ गतेदखि सुरु प्रतियोगतामा १ सय २९ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

हक्की ः प्रहरी विजयी
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत हक्कीको पुरुषमा नेपाल प्रहरी समूह ‘ए’ को विजेता हुँदै आइतबार सेमिफाइनलमा प्रवेश गरेका छ । हक्कीमा पहिलो पटक सहभागी प्रहरीले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई २–१ गोलले पराजित ग¥यो । विजेताका मनोज चौधरी र सागर आचार्यले गोल गरे । आर्मीका दीपेन्द्र ऐरले १ गोल फर्काए ।

 
समूह ‘बी’ बाट प्रदेश ७ उपविजेताका हैसियतले सेमिफाइनलमा पुगेको छ । प्रदेश ७ ले प्रदेश १ लाई ३–१ गोलले हरायो । विजयी टिमका लागि दीपकराज जोशीले २ तथा सुमितकुमार कामीले १ गोल गरे । प्रदेश १ का मनीष मगरले १ गोल फर्काए । गण्डकी प्रदेशले प्रदेश ३ लाई २–१ ले हराउदा प्रेम विक र प्रदीप नेपालीले !–! गोल योगदान गरे . यो समूहबाट प्रदेश ५ विजेतका रुपमा सेमिफाइनलमा पुगिसकेको छ ।


महिला हक्कीमा भने सुदुरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । आइतवार भएको लिग खेलमा मिलिमा पाण्डे र तनु गुरुङको ह्याट्रिक गोलको मद्दतमा सुदुरपश्चिम प्रदेशले प्रदेश ३ माथी १०–० गोलको सहज जित निकाले पछि समूह ए बाट सुदुरपश्चिम र आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

 

त्यस्तै, बृहत् आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको तेस्रो दिनको खेलमा जित हासिल गर्दै माला राई र विमला श्रेष्ठले फाइनलमा भेट पक्का गरेका छन् । बांकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विधालयमा आइतबार भएको महिला फ्लाइवेट अन्तर्गत ५१ केजी तौल समूहको खेलमा एपीएफकी माला राईले फाइनल प्रवेश गर्ने क्रममा प्रदेश १ की रोशिना लावतीलाई रेफ्रि स्टप कन्टेस्ट (आरएससी) को आधारमा हराइन् । यस्तैगरी अर्मीकी विमलाले पनि प्रदेश ३ की रोशनी राईलाई अंकको आधारमा ५–० ले पराजित गरिन् ।

 
यसैगरी वेल्टर वेट अन्तर्गत महिला ६४ केजी तौल समूहको खेलमा आर्मीकी पूनम रावलले प्रदेश १ की तृषा जागेबु लिम्बूलाई आरएससीको आधारमा हराउंदै फाइनलमा प्रवेश गरिन् । सोही तौलको अर्को सेमिफाइनलमा एपीएफकी बिनिता थापा मगरले पनि प्रदेश ५ की माया चौधरीलाई एबीडी कन्टेस्टको आधारमा हराउंदै फाइनलमा पूनमसंग भेट पक्का गरिन् ।

 
त्यसअघि आइतबारै भएको क्वाटरफाइनल खेलहरुमा जित हासिल गर्दे प्रदेश ३ की शिवानी श्रेष्ठ र नेपाल पुलिसकी निशा तामाङले पनि सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । बेन्टम वेट क्याटोगोरी अन्तर्गत महिला ५४ केजी तौल समूहको खेलमा शिवानीले प्रदेश ५ की सुष्मा पुनलाई अंकको आधारमा ४–१ ले हराइन् । त्यसैगरी निशाले पनि प्रदेश ७ की हरिना अएरलाई अंकको आधारमा ५–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरिन् । सोही तौलको अर्को क्वाटरफाइनलमा एपीएफकी सन्जुमाया थिङले प्रदेश ४ की जोशिका श्रेष्ठलाई नकआउटको आधारमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिन् ।

 
यसैगरी महिला फेदरवेट अन्तर्गत ५७ केजी तौल समूहको क्वाटरफाइनलमा नेपाल आर्मीकी चन्द«कला थापा, एपीएफकी माया चौधरी, प्रदेश ७ की भावना ऐरी र प्रदेश १ की दिया लिम्बुले सेमिफाइनलमा स्थान सुरक्षित गरिन् । चन्द«कलाले प्रदेश ३ की कुसुम तामाङलाई यूनानिमोस डिसिजनको आधारमा पाखा लगाउंदा मायाले प्रदेश ४ की माया गुरुङलाई एबीडी कन्टेस्ट तथा भावनाले प्रदेश ६ की राधा बिकलाई रेफ्रि स्टप कन्टेस्टको आधारमा हराइने । सोही तौलको अर्को खेलमा दियाले प्रदेश ५ की लक्ष्मी घर्तीमगरलाई अंकको आधारमा हराउंदै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।

 
यसैगरी महिला ६० केजी तौल समूहको सेमिफाइनलमा प्रदेश ५ की संगीता दंगाल, प्रदेश ७ की संगिता चौधरी र नेपाल आर्मीकी सबिना श्रेष्ठले स्थान पक्का गरिन् । संगीताले प्रदेश ६ की रिता बिकलाई अंकको आधारमा ४–१ ले हराउंदा चौधरीले प्रदेश ४ की अस्मिता बस्नेतलाई आरएससी आधारमा पराजित गरिन् । यस्तै सबिनाले प्रदेश १ की रञ्जिता मगरलाई एबीडी कन्टेस्टको आधारमा हराउंदै अन्तिम चारमा प्रवेश गरिन् ।

प्रतिक्रिया

प्रतिक्रिया