बाँके फुटबलमा यु–१३ छनोट

बाँके जिल्ला फुटबल संघले शनिबार यु–१३ छात्र–छात्रा फुटबल छनोट कार्यक्रम गरेको जनाएको छ ।


संघले शनिबार नेपालगन्जमा एक दिन छनोट कार्यक्रमको आयोजना गरेको हो । संघका अध्यक्ष भोजराज शाहीका अनुसा, सहभागी खेलाडीहरुको संख्या धेरै पछि छनोट कार्यक्रम लम्बाएर आइतबार पनि गर्ने निर्णय गरिएको छ ।


बाँके जिल्ला फुटबल संघले अखिल नेपाल फुटबल संघको युवा विकास परियोजना अन्तर्गत २०८१ को लागि छनोट कार्यक्रम गरिएको महासचिव कमल खत्रीले जानकारी दिए । ‘उत्साह जनक रुपमा खेलाडीहरुको सहभागिता देखिएको छ,’ खत्रीले भने ।


अध्यक्ष शाहीका अनुसार, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको छनोटमा परेका खेलाडीहरुलाई एन्फा अन्तर्गतका विभिन्न टेक्निकल सेन्टरमा संचालन भएका एकेडेमीमा रहेर फुटबल खेल्ने मौका मिल्नेछ । उनका अनुसार, बाँकेमा भएको छनोट फुटबलमा २ सय १५ जनाको सहभागिता छ । त्यसमा १ सय ८५ छात्र र ३० छात्रा खेलाडी रहेका छन् ।


पहिलो चरणको छनोटमा ८९ जना छात्र र ९ जना छात्रा खेलाडी छनोट गरिएको संघले जानकारी गराएको छ । आइतबार अन्तिम चरणको छनोट हुनेछ । शनिबार भएको छनोट कार्यक्रमले फुटबल विकासमा निकै उत्साह थपेको अध्यक्ष शाहीको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया