आठौं राष्ट्रिय खेलकुद, पढ्नुस् शुक्रबार क–कसले जिते

टेबलटेनिस : राष्ट्रिय च्याम्पियनको जोडीलाई स्वर्ण
आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको मिक्स डबल्समा सिंगल्सका राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडी पहिलो भएका छन् ।
शुक्रबार अबेर सम्पन्न फाइनलमा प्रहरीका श्यान्टु र नविताको जोडीले प्रहरीकै विनेश खनियाँ र एलिना महर्जनको जोडीलाई ८–११, १२–१०, ११–६ र ११–४ को सेटमा पराजित गरे । एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल तथा आर्मीका बोधित डिसी र दीक्षा तामाङको जोडीले तेश्रो स्थानमा चित्त बुझाए ।
महिला सिंगल्समा प्रहरीकी नविता श्रेष्ठले प्रदेश ३ की निकिता कस्तीलाई ४–०, आर्मीकी दीक्षा तामाङले एपीएफकी सिक्का सुवाललाई ४–२, आर्मीकी रविना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ४–१ र प्रहरीकी एलिना महर्जनले आर्मीकी स्वेच्छा नेम्वाङलाई ४–२ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।
पुरुष सिंगल्समा प्रहरीका श्यान्टु श्रेष्ठले प्रदेश ३ का एलेक्स महर्जनलाई ४–०, एपीएफका शिवसुन्दर गोथेले प्रहरीका सुनील मगरलाई ४–१, प्रहरीका प्रदीप रोकाले आर्मीका कृष्ण थापा मगरलाई ४–३ र एपीएफका विलोश श्रेष्ठले एपीएफका मणिकुमार लामालाई ४–१ को सेटमा निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
बास्केटबल ः प्रदेश ३ को जित
आठौंअन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा प्रदेश ३ ले शुक्रबार जित हात पारेको छ । प्रदेश ३ ले प्रदेश ५ लाई ९४–४८ ले सहजै पराजित ग¥यो । प्रदेश ३ का लागि राष्ट्रिय टोलीका कप्तान समेत रहेका सदीश प्रधानले २६ अंक जोडे ।
समूह चरणको अन्य खेलमा प्रदेश ४, एपीएफ र आर्मी विजयी भए । प्रदेश ४ ले प्रदेश १ लाई ७९–४९ ले हरायो । विजयी टिमका लागि जिमेन पुनले १५ अंक जोडे ।
एपीएफले कर्णाली प्रदेशमाथि ९२–३२ को सहज जित दर्ता ग¥यो । एपीएफका रुपेश नामीले १४ स्कोर गरे । प्रदेश २ विरुद्धको खेलमा आर्मी ८८–२३ ले विजयी भयो । आर्मीका अनिश बस्नेतले १९ अंक जोडे । १५ औं राष्ट्रिय महिला बास्केटबल शनिबारदेखि दाङको घोराहीमै सुरु हुँदैछ ।
लनटेनिस ः संरक्षक र प्रणव सेमिफाइनलमा
आठौंअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा एनआरएनका संरक्षकभूषण वज्राचार्य र आर्मीका प्रणव खनाल सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै प्रदेश ४ का प्रदीप खड्का र एपीएफका सन्तोष खत्री पनि सेमिफाइनलमा पुगे ।
बुटवलमा भइरहेको प्रतियोगितामा संरक्षणले एपीएफ जितेन्द्र परियारलाई ६–४ र ६–०, प्रणवले आर्मीका सम्यकभूषण वज्राचार्यलाई ६–१ र ६–१, प्रदीपले प्रदेश ४ का नवीन मगरलाई ६–१, २–६ र ६–२ तथा सन्तोषले प्रदेश ५ का भीष्म काउछालाई ६–२ र ६–१ को सेटमा पराजित गरे ।
महिला सिंगल्समा आर्मीकी आइरा रावतले प्रदेश ३ की प्रकृति श्रेष्ठलाई ६–१, ३–६ र ६–०, आर्मीकी अभिलाषा विष्टले गण्डकीकी गंगा शर्मालाई ७–६ र ६–२, एपीएफकी प्रेरणा कोइरालाले एपीएफकै एनी माथेमालाई ६–२ र ६–२ तथा प्रदेश ३ की रायना शाहले गण्डकी प्रदेशकी श्रीया भट्टराईलाई ६–१ र ६–१ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
महिला डबल्समा एपीएफका सलोनी तामाङ र अस्लेषा लिसानेविचको जोडीले प्रदेश ३ का रायना शाह र अल्सा रेग्मीको जोडीलाई ६–१ र ६–३ तथा एपीएफका प्रेरणा कोइराला र एनी माथेमाको जोडीले गण्डकी प्रदेशका श्रीया भट्टराई र रोमिका बुद्धचार्यको जोडीलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे । सोही स्पर्धाको पुरुषमा एपीएफका छेवाङ लामा र सन्तोष खत्री, एपीएफका इभान हो लिसानेविच र जितेन्द्र परियार, प्रदेश ४ का प्रदीप खड्का र नवीन मगर तथा प्रदेश ४ कै धर्म लामिछाने र अनिल शाहीको जोडी सेमिफाइनलमा पुगे ।
मिक्स डबल्समा आर्मीका प्रणव खनाल र अभिलाषा विष्टको जोडीले प्रदेश ४ का अनिल शाही र गंगा शर्माको जोडीलाई ६–४, ३–६, र १०–२ तथा एपीएफका इभान हो लिसानेविच र अस्लेशा लिसानेविचको जोडीले आर्मीका अभिनव आचार्य र आइरा रावतको जोडीलाई ६–२ र ६–१ को सेटमा पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे ।
मिडिया कार्यशाला सम्पन्न
आठौं राष्ट्रिय खेलकुदका लागि गठित प्रचार प्रसार उपसमितिले शुक्रबार नेपालगञ्जमा मिडिया कार्यशाला आयोजना ग¥यो ।
खेलकुद प्रतियोगितालाई सफल, मर्यादित बनाउन पत्रकारहरुबीच मिडिया कार्यशाला गरिएको हो । खेल महोत्सवको प्रचार प्रसार, पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका, आम दर्शकको धारणा, समाचार संकलन लगायतका बिषयमा कार्यशालामा छलफल गरिएको थियो ।
कार्यशालालाई खेल पत्रकार तथा कान्तिपुर एफएमका पवन आचार्यले सहजीकरण गरेका थिए ।  प्रचार प्रसार उप समितिका संयोजक रोहित दाहाल, सदस्य टिएस ठकुरी र सचिव कुमार बस्नेतले समेत प्रतियोगिताबारे धारणा राखेका थिए । कार्यशालामा उपस्थित पत्रकारहरुले आठौलाई नेपालगन्ज बाट कलम चलाउन अवसरका रुपमा लिएको प्रतिक्रिया दिए ।
बुद्धिचाल ः मदन र सुजनालाई स्वर्ण
आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको पुरुष ब्लिजमा नेपाल प्रहरीका मदनकृष्ण कायश्थले स्वर्ण जितेका छन् । प्रदेश १ का राजन सुवेदीले रजत तथा सुमन राईले कांस्य जिते ।
सो स्पर्धाको महिलामा आर्मीकी सुजना लोहनी, आर्मीकै सिन्दिरा जोशी र प्रदेश ३ की अनिशा न्यौपाने क्रमशः शीर्ष तीन स्थानमा रहे ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवाकोटा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच शुभारम्भ गरे । बर्दियाको ठाकुरद्वारामा भइरहेको प्रतियोगितामा ५२ पुरुष र २६ महिला खेलाडी सहभागी छन् । बैशाख ५ गतेसम्म चल्ने प्रतियोगितामा पुरुष÷महिलामा समान ३–३ गरी ६ स्पर्धा समावेश छन् ।

प्रतिक्रिया

प्रतिक्रिया